नेताका कारण युवामा निराशा छायो : नेता भण्डारी

ट्रेन्डिङ

पाल्पा२० भदौ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए ।

युवाहरु विदेशिने क्रम बढ्दो रहेको हुदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उनी पाल्पा आएका हुन् । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडी फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ ।रासस

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026