प्रेस युनियन चितवनद्वारा चेपाङ बालबालिकालाई दर

ट्रेन्डिङ

रत्ननगर २१ भदौ 
नेपाल प्रेस युनियन चितवनले चेपाङ बालबालिकालाई तीजको दर खुवाएको छ । रत्ननगर नगरपालिकाको टिकौलीमा रहेको चेपाङ संरक्षण केन्द्र पुगेर युनियनले बिहीबार दर खुवाएको हो ।

केन्द्रमा १५० जना बालबालिका छन् । युनियनका अध्यक्ष अनिल ढकालले तीजको अवसरमा खाइने दर ‘लट्टे’ (अनदी जातको चामलमा भेली वा चिनी मिसाएर पकाइने एक प्रकारको खाना) खुवाएर चेपाङ बालबालिका त्यसमा पनि चेलीहरुको उपस्थितिमा तीज मनाइएको बताए ।

उनले तीजको अघिल्लो दिन खाइने दर लट्टे चेपाङ समुदायका लागि नयाँ परिकार रहेको पनि बताए । सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले नेपाली चाडपर्व, धर्म संस्कृतिका बारेमा बालबालिकालाई सचेत गराउनु महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख यादव पाठक, पत्रकार सिन्धु ढकाल, शान्ता अधिकारी, प्रतिमा सिलवाल, प्रतिमा कुमाललगायतले दर खाने संस्कृतिका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा केन्द्रका संरक्षक केपीकिरण शर्माले २०६५ सालबाट सञ्चालन गरिएको केन्द्रमा अहिलेसम्म लट्टे नै पकाएर दर नखुवाइएको बताए । यसले तीजको दरको संस्कृतिबारेमा समेत बालबालिकालाई शिक्षा दिइएको पनि उनले बताए ।

Share this:

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025