चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रेन्डिङ

चितवन २४ भदौ 

चितवनको रत्ननगर नगरपालिका-३ मा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मोटरसाइकल चालक रत्ननगर-१५ का ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बिहान वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनरले विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०६-००३प ४८५१ नम्बरको मोटरसाइकललाई शान्तिचोकमा ठक्कर दिएको थियो।

गम्भीर घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए। ठक्कर दिने कन्टेनरका चालक बाराको गडीमाई नगरपालिका(५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026