साउदी अरब मा फेरिदै नेपालीको छवि

ट्रेन्डिङ

  • श्री कृष्ण श्रेष्ठ ‘धौबजी’

 

विश्व मानचित्रमा अनेक हिसाब ले अग्रपंक्तिको मुलुकको रुपमा गनिने साउदी अरब नेपालको  प्रमुख श्रम गन्तब्यको रुपमा रहेको छ। साउदी अरब र नेपाल ले असल मित्र मुलुकको रुपमा आपसी दौत्य सम्बन्ध लाई अघि बढाई रहेको छ। नेपाल को साउदी अरबमा दुताबास रहेको छ भने साउदी अरब को नेपालमा दुताबास रहेको छ।

साउदी अरबमा नेपालीहरु ९० को दशक पछि ठुलो संख्यामा रोजगारीको सिलसिलामा आएको देखिन्छ । हाल साउदी अरबमा करिब साढे ४ लाख को आसपासमा नेपालीहरु विभिन्न पेशा,ब्यबसाय एवं नोकरी मा आबद्ध रहेका छन,कोरोना काल अघि यो संख्या साढे पांच लाख आसपास मानिन्थ्यो।साउदी अरबमा रहेका नेपालीहरु मा आधा भन्दा बढी पुर्बी क्षेत्रमा रहेको मानिन्छ भने बाँकी अधिकांश राजधानी रियाद र जेद्दा आसपास रहेका छन।

साउदी अरबमा कार्यरत नेपालीहरु मा करिब दुई तिहाई अदक्ष,अर्ध दक्ष र थोरै संख्यामा दक्ष कामदारको रुपमा कार्यरत रहेको देखिन्छ। पछिल्लो समय मेडिकल,ईञ्जिनियरिङ्ग,सेवा लगायतको क्षेत्रमा नेपालीहरुको उपस्थिति बढ्दै जाँदा दक्ष नेपालीहरु ले नयाँ गन्तब्यको रुपमा समेत साउदी अरब लाई लिन थालेको देखिन्छ।

साउदी अरबमा पछिल्लो समय नेपालीहरुको छबि फेरिदै गएको । ब्यबसायिक रुपमा नेपालीहरु बिभिन्न पेशा ब्यबसायमा आबद्द हुने क्रम बढ्दै गएको देखिन्छ । अहिले सामुहिक रुपमा या एकल लगानीमा साउदी का हरेक मुख्य केन्द्रमा नेपालीहरु को रेस्टुरेन्ट,ट्राभल एजेन्सी , फेन्सी स्टोर लगायत बिभिन्न ब्यबसायमा संलग्न हुने क्रम बढेको छ। जसले गर्दा पहिला मात्र कामदारको रुपमा रहेको नेपालीहरुको छबि मा पछिल्लो समय फेरिदै गएको देखिन्छ। संख्यात्मक रुपमा हाल ब्यबसायमा आबद्द हुने नेपालीहरुको संख्या लाई त्यति बढी भन्न सकिन्न ,सयमा मात्र होलान तर यसले अन्य नेपालीहरु लाई प्रेरित गर्न मद्दत गर्ने देखि देखिन्छ ।

 

साउदी अरब मा नेपालीहरुको बढ्दै गएको ब्यबसायिक आबद्दता ,साउदी अरबमा हुने विभिन्न कार्यक्रमहरुमा नेपाल र नेपाली कलाकारहरुको उपस्थिति साथै दक्ष सीपयुक्त नेपालीहरु को आगमन मा देखिएको उत्साहजनक बद्धोतरी ले समग्र नेपाली समुदायको छबि उजेलिने मा दुई मत छैन तथापी नेपालीहरु को छबि खराब गर्ने कानुनबिपरितका कार्यहरुलाई निरुत्साह गर्नु अर्को महत्वपूर्ण कुरा पक्कै हो।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026