भदौ महिना मा शेयर बजारबाट उठ्यो २ अर्ब ५७ करोड पूँजीगत लाभकर

ट्रेन्डिङ

भदौ महिनामा पुंजी बजार बाट करिब तिन अर्ब पुंजीगत लाभकर उठेको छ। समग्र बजार भने भदौ महिनामा १४ प्रतिशत अर्थात् ४२० अंक घटेको थियो ।

साउन महिनामा उच्च अंकले बढेको बजार भदौ महिनाभर दबाबमा रहँदा पनि लगानीकर्ताले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर तिरेका छन् ।

शेयर लगानीकर्ताहरुले साउन महिनामा भने सरकारलाई पूँजीगत लाभकर बापत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ तिरेका थिए । नेपाल सिडीएस एण्ड क्लियरिङका अनुसार यो अन्य समयको भन्दा एक महिनामै उठेको सर्वाधिक उच्च राजस्व हो ।

भदौमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकरवापत ७३ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

यसैगरी, सोही महिनामा कर्पोरेट पूँजीगत लाभकरवापत ३० करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको छ भने स्टक डिलरबाट पूँजीगत लाभकरवापत ३० लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025