नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

ट्रेन्डिङ

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो ।

नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औ मिनेटमा सुजल डंगोलले एक एक गोल गरेका थिए । यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो ।

यो जितपछि समुह बी बाट नेपाल उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट पाकिस्तान विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटान भने समुह बी मा तेस्रो हुदै बाहिरिएको छ ।

अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ भने पाकिस्तानले बंगलादेशको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने छ ।

थप समाचार

सुन्दर नगरी चण्डीगढमा नेपाली प्रगतिशील तीज धमाका हुदै

August 21, 2025

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025