२८ जना को दुताबास मार्फत एक्जिट भिसा लाग्यो(नामावाली सहित)

ट्रेन्डिङ

Nepal embassy building,riyadh

नेपाली दुताबास,रियाद मार्फत थप २८ जना को एक्जिट भिसा प्राप्त भएको छ।

नेपाली दुताबास ले एक्जित भिसा पाउनेहरुको नामावली सहित प्रक्रियाको बारेमा सुचना जारि गएको छ।दुताबास ले एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुने र यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु नपर्ने  जनाएको छ।

बहिर्गमन भिसा समन्धमा दुताबास को सुचना,

१. यस राजदूतावासबाट वहिर्गमन भिसा (exit visa) को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूचि बमोजिमका मानुभावहरूको एक्जिट भिसा प्राप्त भएकोले यथाशिघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।

२. एक्जिट भिषाको लागि नेपाली राजदूतावास रियादबाट फारम भर्नु भएका व्यक्तिहरूले अब आफ्नो एक्जिट भिषाको अवस्था (Status) को बारेमा यो लिङ्क https://sa.nepalembassy.gov.np/check-exit-status/ मा गर्इ आफ्नो इकामा नम्वर/राहदानी नम्वर प्रविष्ठ गरी जानकारी लिन सक्नुहुनेछ ।

३. यदि तपाइँको मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाममा क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन ।

४. एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।

५. एक्जिट भिसामा भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर र आफूसंग भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर एउटै छ/छैन हरेर एकिन गरेर मात्र हवार्इ टिकट खरिद गर्नुहोला ।

एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा राजदूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्नुहोला । थप जानकारी चाहिएमा मात्र राजदूतावास रियादको सम्पर्क नम्वर 011-4611108 मा विहान ९:०० बजे देखि वेलुका ४:०० बजेसम्म, 011-2883795 मा दिउसो ३:०० बजे देखि वेलुका ४:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि 012-6226665 मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।
नेपाली राजदूतावास, रियाद ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025