यात्रुको टाउकोमा जुम्रा भेटिएपछि विमानको आपत्‌कालीन अवतरण

ट्रेन्डिङ

अमेरिकामा यात्रुको टाउकोमा जुम्रा भेटिएपछि विमानको आपतकालीन अवतरण गरिएको छ ।

लस एन्जलसबाट न्यूयोर्क जाँदै गरेको विमानमा एक यात्रुको कपालमा जुम्रा भेटिएपछि आकस्मिक अवतरण गरिएको हो।

हवाई उडानमा आकस्मिक अवतरण विशेष समस्यामा मात्रै गरिन्छ तर अमेरिकामा जुम्राका कारण विमानलाई आपतकालीन अवतरण गराएको छ । ती व्यक्तिको टाउकोमा भएको जुम्रा उनको छेउमा बसेका यात्रुको टाउकोमा पनि पसेको थियो ।

यी यात्रुहरूले उडानको बीचमा हंगामा मच्चाएका थिए। यही कारणले विमानको आपतकालीन अवतरण गराइएको समाचारमा उल्लेख छ ।

घटना जुन महिनाको हो, जसको विवरण अहिले बाहिर आएको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025