यात्रुको टाउकोमा जुम्रा भेटिएपछि विमानको आपत्‌कालीन अवतरण

ट्रेन्डिङ

अमेरिकामा यात्रुको टाउकोमा जुम्रा भेटिएपछि विमानको आपतकालीन अवतरण गरिएको छ ।

लस एन्जलसबाट न्यूयोर्क जाँदै गरेको विमानमा एक यात्रुको कपालमा जुम्रा भेटिएपछि आकस्मिक अवतरण गरिएको हो।

हवाई उडानमा आकस्मिक अवतरण विशेष समस्यामा मात्रै गरिन्छ तर अमेरिकामा जुम्राका कारण विमानलाई आपतकालीन अवतरण गराएको छ । ती व्यक्तिको टाउकोमा भएको जुम्रा उनको छेउमा बसेका यात्रुको टाउकोमा पनि पसेको थियो ।

यी यात्रुहरूले उडानको बीचमा हंगामा मच्चाएका थिए। यही कारणले विमानको आपतकालीन अवतरण गराइएको समाचारमा उल्लेख छ ।

घटना जुन महिनाको हो, जसको विवरण अहिले बाहिर आएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026