दिल्लीबाट सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर पक्राउ

ट्रेन्डिङ

सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर भारतबाट पक्राउ परेका छन् ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट पक्राउ परेका हुन् ।मेयर नेपाली सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका थिए ।उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।मेयर नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी फरार रहेका थिए ।उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

थप समाचार

सुन्दर नगरी चण्डीगढमा नेपाली प्रगतिशील तीज धमाका हुदै

August 21, 2025

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025