अल कासिम मा राहदानी नविकरण घुम्ती सेवा सम्पन्न

ट्रेन्डिङ

NA Media

साउदी अरब को अल कसीम मा राहदानी घुम्ती शिबिर सम्पन्न भएको छ।

नेपाली दुताबास को आयोजना तथा एनआरएनए क्षेत्रिय समिति अल कसीम को ब्यबस्थापन मा २७ सेप्टेम्बर,शुक्रबारका दिन सम्पन्न राहदानी घुम्ती शिबिर मा करिब ५५० जना भन्दा बढी सेवाग्राही मा सेवा प्रबाह भएको थियो। घुम्ती शिबिरमा राहदानी नविकरण,फाराम संकलन, बनेर आएको राहदानी बितरण, ट्राभल डकुमेन्ट लगायत को सेवा सुबिधाहरु प्रदान गरिएको थियो ।

राहदानी घुम्ती शिबिर मा नेपाली राजदूतावास रियादका प्रथम सचीव टोप नारायण गिरी को नेतृत्वमा प्रथम सचिव टिकाराम उपाध्याय, सहचारी कमल कुंवर, लेखापाल राम पुनित यादब, स्थानीय कर्मचारीहरु अजय दङाल, हेमन्त शंकर आचार्य, डेबिड महर्जन, सरोज चन्द्र अधिकारी, निसारुल हक, महमद उमामा को दुताबास को टिम खटिएको थियो।शिविरमा ५ वटा काउन्टर मार्फत सेवा प्रबाह गरिएको थियो।

एन ए मिडिया संग कुराकानी गर्दै एन आर एन ए आईसिसि सदस्य बिशाल श्रेष्ठ ले ५४१ जना को आबेदन बुझाईएको,बनेर आएको नयाँ पासपोर्ट ४० वोटा वितरण गरिएको र १ जना को ट्राभल डकुमेन्ट जारि गरिएको जनाएका छन्। घुम्ती सेवा स्थलमा सेवा लिन आबश्यक एनआरएनए ले पहिला देखि पनि निशुल्क Pre-enrolment  फर्म भर्न पनि निशुल्क भरेर सहयोग गरेको जनाउदै श्रेष्ठ ले घुम्ती सेवा स्थल मा समेत आवश्यता अनुसार फर्म भर्न सहयोग गरिएको जनाए।

राहदानी घुम्ती शिबिर मा एनआरएनए आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठ, एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव धुर्व कटुवाल, सदस्य काजीमान कन्दवा, धर्मेन्द्र कार्की ,संरक्षक भक्तबिर राई , एनआरएनए आरसीसी अलकासिमका प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ, सल्लाहकार रोहित घिमीरे , सचिव सिद्धि लाल श्रेष्ठ, सहसहिच बिर बहादुर तामाङ, युवा संयोजक समिर के.सी, कोषाध्यक्ष चिरन्जिवी अर्याल, सहकोषाध्यक्ष राज पौडेल, प्रवक्ता अली हुसैन मिया, सदस्यहरु धन कुमार आचार्य, कृष्ण लोहनी, बिक्रम रुम्बा, जीवन तामाङ, युबराज कार्की युवा क्लव अलकासिम को प्रतिनिघि, व्यबसायी नेत्र न्यौपाने, सुरेन्द्र तुम्बाहाम्फे लिम्बु, रमन अर्याल , सरोज सापकोटा, तिल बहादुर राना लगायतका ले सेवा प्रबाहमा सहजकर्ता को भूमिका खेलेका थिए।

नेपाली दुताबास ले नेपालीहरु को सहजता को लागि साउदी अरब को रियाद बाहेक टाढा टाढा को स्थान मा एनआरएनए लगायत का संस्थाहरु संग सहकार्य समन्वय गर्दै राहदानी घुम्ती शिबिर संचालन गर्दै आई रहेको छ। रियाद बाट ४०० किमि को दुरीमा रहेको बुरैदा मा राहदानी शिबिर संचालन गर्दा नबिकरणको लागि रियाद आउनै पर्ने बाध्यता बाट निजात पाई समय र खर्च को बचत हुने हुँदा निकै ठुलो राहत मिल्ने गर्दछ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026