बार्सिलोनाको अपराजित यात्रा टुंगियो

ट्रेन्डिङ

NA Media
ओसासुनासँग स्तब्ध
स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाको अपराजित यात्रा टुंगिएको छ।

उक्त प्रतियोगितामा यसअघि कुनै खेल नहारेको बार्सिलोना शनिबार राति ओसासुनासँग ४–२ गोलअन्तरले हारेको हो।

तर पनि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमै छ। लिगको आठौँ चरणमा आएर हार बेहोरेको बार्सिलोनाको २१ अंक छ। एक खेल कम खेलेको रियल मड्रिड १७ अंकसहित दोस्रो स्थानमा छ।

एन्टे बुडिमिरको गोलमा ओसासुनाले बार्सिलोनालाई स्तब्ध बनाएको हो। पहिलो हाफको १८औँ मिनेटमा ब्रायन जरागोजाको क्रसलाई बुडिमिरले हेडर गोल गर्दै घरेलु टोली ओसासुनालाई सुरुवाती अग्रता दिलाएका थिए।

२८औँ मिनेटमा पाब्लोको पासमा ब्रायन जरागोजाको गोलमा ओसासुना २–० ले अगाडि भयो।

५३औँ मिनेटमा बार्सिलोनाका तर्फबाट पाउ भिक्टरले गोल गरे। तर ७२औँ मिनेटमा बुडिमिरले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई ३–१ को अग्रता दिलाए।

८५औँ मिनेटमा एबेल ब्रेटोनेसले गोल गरेपछि ओसासुनाको अग्रता ४–१ भयो। खेलको अन्तिम मिनेटमा लामिन यमलले गोल गरेपछि बार्सिलोनालाई ४–२ को अवस्थामा ल्याए।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026