काठमाडौँका नदीबारे ओलीलाई प्रश्न- बालेनकै कुरा ठिक हो?, जवाफमा भने- राम्रो प्रश्न!

ट्रेन्डिङ

१० दिने अमेरिका भ्रमण सकेर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भ्रमणबारे धेरै चर्चा गर्न पाएनन्।

सञ्चारकर्मीले पनि भ्रमणबारे ओलीलाई धेरै प्रश्न गरेनन्।

अघिल्लो बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण देशभर भएको क्षतिबारे सञ्चारकर्मीले प्रधानमन्त्री ओलीलाई धेरै प्रश्न तेस्र्याए।

केहीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट र जलवायु परिवर्तका बारेमा प्रश्न गरे भने केहीले सरकारले विपद् व्यवस्थापनमा किन ध्यान दिन नसकेको? भन्दै प्रश्न गरे।बरु, प्रधानमन्त्री ओलीले आफू अमेरिका दुध दुहुन नगएको, जल तथा मौसम विज्ञान विभागले पहिरो कहाँ कहााँ जान्छ भनेर नभनेको दाबी गर्दै उद्धार र राहको काम अझै प्रभावकारी बनाउने दाबी गरिरहे।अमेरिकाबाट फर्किएर प्रधानमन्त्री ओलीले भने- म भैंसी दोहेर दुध लिन गएको हैन

सञ्चारकर्मीले प्रश्न सोधिरहँदा ‘आजलाई भयो’ भन्दै तर्किएका प्रधानमन्त्री ओलीले अन्तिममा एउटा प्रश्न उभिएरै सुनिरहे।

प्रश्न थियो– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सम्बन्धित।

एक सञ्चारकर्मीले ओलीलाई काठमाडौँका नदीनालाका संरचना भत्काउनेबारे केन्द सरकार र महानगरबीच द्वन्द्व बढाउँदै गएको प्रसंग झिके।

उनको प्रश्न थियो, ‘खोलानालाबारे स्थानीय तहसँग एक किसिमको मतभेद पनि हुँदै आएको छ। काठमाडौँका मेयरले अनधिकृत संरचना खडा गरेका कारणले बाढी पहिरोले बढी क्षति भयो भन्नुभएको छ। खोलाले आफ्नो बाटो खोज्दै आएको हो भन्नुभएको छ। अब जनताले बालेन शाह ठिक हो भनेर बुझ्नुपर्ने हो?’

निकै बेरसम्म उभिएर प्रश्न सुनिरहेका प्रधानमन्त्री ओलीले जवाफ दिएनन्।

बरु ती सञ्चारकर्मीलाई हाँस्दै भनिदिए– राम्रो प्रश्न। एकदम ठिक।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026