एक लाख मानिस लेबनान छाडेर गए सिरिया

ट्रेन्डिङ

NA Media

इजरायली हवाई हमलाका कारण एक लाख मानिस लेबनान छाडेर सिरिया गएको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्।

संयुक्त राष्ट्र संघका प्रतिनिधिले चार सीमानाका मानिसहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ।आइतबारसम्म प्राप्त जानकारीअनुसार पछिल्लो सात दिनमा करिब ८० हजार मानिस लेबनान छाडेर सिरिया पुगेका छन्।

लेबनानी मन्त्री नासेर यासिनका अनुसार सिरिया जाने मानिसमध्ये ३६ हजार सिरियाली र ४१ हजार ३०० लेबनानी नागरिक छन्।हिजबुल्लाहलाई निशाना बनाई इजरायलले लेबनानममा हवाई हमला गरिरहेको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026