नेप्से फेरि २५०० बिन्दुमा , सूचक ४४ अंकले बढ्दा २१० कम्पनी सकरात्मक

ट्रेन्डिङ

सेयर बजार  पुनः २५०० बिन्दुमा उक्लिएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अंक अर्थात् १.८० प्रतिशतले बढेर २५०८.८६ बिन्दुमा पुगेको हो।

यसअघिका दुई कारोबार दिनमा नेप्से २४०० बिन्दुमै सीमित भएको थियो। अघिल्लो कारोबार दिन आइतबार नेप्से २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा रोकिएको थियो भने गत साताको बिहीबार ३२.८१ अंकले घटेर २४८६.७६ बिन्दुमा रोकिएको थियो।

गत साताको बुधबार भने नेप्से ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा कायम थियो। त्यसअघि, मंगलबार नेप्से ५८.९३ अंकले घटेर २०८१ साउन ६ गतेपछि पहिलोपटक २४७०.३९ बिन्दुमा सीमित भएको थियो।

सोमबार नेप्से सूचक बढेपनि कारोबार रकम भने घटेको छ। सोमबार नेप्सेमा कुल ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सोमबार कारोबारमा आएकामध्ये २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ। यस्ते, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

सोमबार सिईडिबी हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा कुमारी सबल योजनासहित चार कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ। यस्तै, प्रभु सेलेक्ट फन्डको सेयर मूल्य सर्वाधिक अर्थात् ९.३६ प्रतिशतले घटेको छ।

सोमबार म्युचअल फन्डबाहेक सबै समूहको सेयर मूल्य बढेको छ। म्युचअल फन्ड समूहको मूल्य ०.६० प्रतिशतले घट्दा फाइनान्स समूहको सेयर मूल्य ४.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.२८ प्रतिशत र उत्पादन समूहको सेयर मूल्य ३.८३ प्रतिशतले बढेको छ।

यस्तै, आज बैंकिङ समूहको सेयर मूल्य १.१८ प्रतिशत, विकास बैंक समूहको १.९३ प्रतिशत, जलविद्युत समूहको १.२२ प्रतिशत, लगानी समूहको २.४५ प्रतिशत, जीवन बिमा समूहको १.७८ प्रतिशत, लघुवित्त समूहको १.८५ प्रतिशत र निर्जीवन बिमा समूहको ०.७१ प्रतिशतले बढेको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026