‘धौबजी’
दुताबास को पहलकदमी ले करोडौ रकम क्षतिपुर्ति बापत नेपाल पठाउन सफलता……
नेपाली राजदूतावास,रियाद र GOSI अन्तर्गतको General Department of Insurance Awareness को समन्वयमा राजदूतावासमा एक कार्यशाला सम्पन्न भएको छ।
कार्यशालामा नेपाली दुताबासका का वा राजदुत डा डम्बरुबल्लब पौडेल,प्रथम सचिब टिकाराम उपाध्याय,प्रथम सचिब टी बि गिरि,लेबर काउन्सुलर देबेन्द्र कार्की लगायत दुताबास मा कार्यरत सबै पदाधिकारीहरु/कर्मचारीहरु लगायत GOSI का तर्फबाट महा अल्खातीब र अब्दुल रहमान अलोतैबी को उपस्थिति रहेको थियो।
साउदी अरवमा कार्यरत रहदां कार्य-दुर्घटनामा परी घाइते तथा अंगभंग हुने श्रमिकले र मृत्यु हुने श्रमिकहरूका हकवालाले पाउने सामाजिक सुरक्षा विमा (General Organization for Social Insurance, GOSI) तथा कार्य-दुर्घटना हुन नदिन तथा कम गर्न अपनाउनु पर्ने सावधानीका विययमा नेपाली राजदूतावास, रियाद र GOSI अन्तर्गतको General Department of Insurance Awareness को समन्वयमा कार्यशाला आयोजना गरिएको थियो।
कार्यशालामा GOSI का तर्फबाट महा अल्खातीब महा अल्खातेब र अब्दुल रहमान अलोतैबी ले साउदी सरकारको सामाजिक सुरक्षा वीमा, यसले समेट्ने क्षेत्र, कार्य-दुर्घटनामा परी घाइते भएमा, अंगभंग भएमा वा मृत्यु भएमा प्राप्त हुने सुविधा लगायतको विषयमा विद्यमान व्यवस्था र सो सम्बन्धमा साउदी सरकारले हालै गरेको संशोधनको विषयमा जानकारी साझा गरेका थिए।
गोसीको तर्फबाट अब्दुल रहमान अलोतैबी ले नियोगहरूसंगको सहकार्यमा गरिएको यस प्रकृतिको यो पहिलो कार्यक्रम भएको बताउदै निकट भविष्यमा राजदूतावाससंगको सहकार्यमा धेरै भन्दा धेरै नेपाली श्रमिकहरुलाई समेट्ने गरी यस्ता सचेतनामूलक कार्यक्रम गर्ने बताउनु बताए ।
कार्यशालामा का वा राजदुत डा डम्मरु बल्लब पौडेल ले हालैका दिनमा नेपाली राजदूतावास रियाद र General Organization for Social Insurance (GOSI) का वीचमा अत्यन्तै राम्रो सहकार्य भई विगत लामो समयदेखि राजदूतावासमा थाती रहेका धेरै मृतकका हकवालाको सुविधा पठाउने/पाउने काम तिव्रताका साथ भइरहेको, यस्तो खालको सचेतनामुलक कार्यक्रमको आयोजनाले दुवै निकायका विचमा उच्च किसिमको समन्वय भई प्रभावकारी कार्यसम्पादन हुने र नेपाली श्रमिकहरुलाई कार्यस्थलमा हुने दुर्घटनाबाट जोगिन अपनाउनु पर्ने सावधानी तथा दुर्घटना भइहालेमा प्राप्त हुने सुवीधाको बारेमा जानकारी हुने भएकोले समय समयमा हुने यस्ता कार्यक्रमको विशेष महत्व हुने बताउनु भयो ।
कार्यशालामा राजदूतावास र गोसीका विच अस्पष्ट भएका विषयहरूमा प्रश्न उत्तर सहित अन्तरक्रिया समेत भएको थियो । भविष्यमा नेपाली समुदायका वीच गोसी सम्बन्धी सचेतना कार्यक्रम गर्ने सहमति भएको छ।
नेपाली दुताबास मा हाल गोसी समन्धी कार्यजिम्मेवारी प्रथम सचिब टिकाराम उपाध्याय ले सम्हाली रहेका छन्।
पछिल्लो समय धेरै मृतकका हकवालाको सुविधा पठाउने/पाउने काममा दुताबास ले मृतक को हकवाला पत्तो लगाउन सामाजिक संघ संस्था,अभियन्ताहरु,विभिन्न संचार माध्यम लगायत नेपालमा केन्द्र,प्रदेश एवं स्थानिय निकाय संग समन्वय गरेर अघि बढेर लामो समय देखि थाति रहेको केशहरु सल्टाउन सफलता पाएको देखिन्छ,दुताबास को पहलकदमी ले करोडौ रकम क्षतिपुर्ति बापत नेपाल पठाउना सफलता मिलेको छ।