सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने

ट्रेन्डिङ

NA Media

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्‍याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ ।यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जबकी दुईवटा सिट खाली छोडिएको छ जसबाट विलियम्स र विल्मोर पनि फर्कनेछन् । अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धान कार्यमा बिताउनेछन् ।

यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनसम्म अन्तरिक्षमा गएका यी दुई अन्तरिक्ष यात्री विमानमा खराबीका कारण पृथ्वीमा फर्कन सकेनन् ।

अब सुनिता विलियम्स र बुच विल्मोरलाई फेब्रुअरीमा स्वदेश ल्याउने योजना छ।

थप समाचार

सुन्दर नगरी चण्डीगढमा नेपाली प्रगतिशील तीज धमाका हुदै

August 21, 2025

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025