११४ अंकले बढेर नेप्से २६२३ बिन्दुमा, साढे ७ अर्बको कारोबार हुँदा १८ कम्पनीमा सर्किट

ट्रेन्डिङ

NA Media
सेयर बजार ११४.७० अंकले बढेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा रोकिएको थियो।

मंगलबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार कारोबारमा आएकामध्ये २४३ कम्पनीको सेयर मूल्य बढ्दा १ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज कुल १८ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।

यस्तै, मंगलबार १८ कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ। आज बैंकिङ समूहको सेयर मूल्य ३.८२ प्रतिशत, विकास बैंक समूहको ५.४८ प्रतिशत, फाइनान्स समूहको सेयर मूल्य ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले बढेको छ।

मंगलबार जलविद्युत समूहको सेयर मूल्य ५.९८ प्रतिशत, लगानी समूह ६.१० प्रतिशत, जीवन बिमा समूहको ४.१२ प्रतिशत, उत्पादन समूहको २.१९ प्रतिशत, लघुवित्त समूहको ३.९८ प्रतिशत र निर्जीवन बिमा समूहको ३.०९ प्रतिशतले बढेको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026