नेप्से परिसूचक २६ अंकले घट्यो

ट्रेन्डिङ

NA Media
पछिल्लो दुई कारोबार दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा बुधबार रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अंकले घटेर दुई हजार पाँच सय ९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

बुधबार तीन सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ बराबरको कारोबार भएको छ । बुधबार वित्त समूहको उपसूचक एक दशमलव ७५ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा बढी निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७१, विकास बैंक एक दशमलव ३८, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव ७४, लगानी एक दशमलव ५२ र जीवन बिमा शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ७९, लघुवित्त एक दशमलव १२, म्युचुअल फण्ड शून्य दशमलव ४१, व्यापार एक दशमलव १८ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छभने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको २० करोड ७१ लाख ५५ हजार दुई सय ६७ को शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर सात लाख नौ हजार आठ सय ६७ कित्ता किनबेच भएको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025