हुन्डाई मोटर्सले १० करोड सवारीसाधन उत्पादनको कोशेढुंगा पार

ट्रेन्डिङ

NA Media 
हुन्डाई मोटर कम्पनीले विश्वभर १० करोड सवारी साधन उत्पादनको महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । कम्पनीको स्थापना भएको ५७ वर्षमा हुन्डाईले १० करोड १ युनिट सवारी साधन उत्पादन गर्न सफल भएको हो । विश्वव्यापी अटोमोटिभ उद्योगमा सबैभन्दा छिटो यो कोशेढुंगा पूरा गर्ने कम्पनी हुन्डाई बनेको छ ।

यो कोशेढुंगा पार भएको अवसरमा हुन्डाई मोटर्सले कोरियाको उल्सान प्लान्टमा एक समारोहको आयोजना गरेको थियो । यस अवसरमा कम्पनीले १० लाख १औँ गाडी आयोनिक–५ सिँधै ग्राहकलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा ‘१० करोड १औँ’ को सम्झनामा एउटा सेलिब्रेटरी डिस्प्ले पनि राखिएको थियो, जसलाई हुण्डाई मोटरको विगतका उपलब्धिहरूलाई आधारभूत रूपमा एक कदम अगाडि बढाउने प्रतिवद्धताको प्रतीकका रुपमा लिइएको छ ।

१० करोड सवारी साधनको विश्वव्यापी उत्पादनमा पुग्नु अर्थपूर्ण कोशेढुंगा भएको भन्दै कम्पनीका प्रतिनिधिहरु हर्षित भएका छन् । यस सफलताले अर्को १० करोडको यात्रामा पाइला अघि बढाउन हौसला मिलेको कम्पनीका प्रतिनिधिहरुले भनेका छन् । ‘हुण्डाई मोटरका प्रत्येक कर्मचारीले आफ्नो कडा परिश्रम र समर्पणबाट १०० मिलियन युनिटहरू उत्पादन गर्न योगदान पुर्‍याएका छन्’, हुन्डाई मोटर कम्पनीका डोमेस्टिक प्रोडक्शनका प्रमुख र प्रमुख सुरक्षा अधिकृत डोङ सियोक लीले भने, ‘यो शुभ अवसर हुन्डाई मोटरले नेतृत्व गर्ने विद्युतीकरणको भविष्यको युगतर्फको पहिलो कदम मात्र हो ।’

नेपालमा लक्ष्मी ग्रुपले हुन्डाईका गाडी आयात तथा उत्पादन गर्दै आएको छ । लक्ष्मी ग्रुपले नेपालमै हुण्डाईको भेन्यू कार उत्पादन गरिरहेको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026