जुबेलमा ४-५ अक्टोबर २०२४ मा राहदानी नवीकरण तथा श्रमिक सचेतनाका लागि घुम्ती शिविर सञ्चालन हुने

ट्रेन्डिङ

NA Media
`धौबजी´

नेपाली दुताबास,रियाद ले साउदी अरब को जुबेल मा पासपोर्ट शिबिर संचालन गर्ने भएको छ।शिबिर अक्टोबर ४/५ गते हुने छ।

पासपोर्ट शिबिर मा श्रमिक सचेतना समन्धी कार्यक्रम पनि हुने छ साथै दुताबास बाट प्रवाह हुने अन्य सेवाहरु पनि प्रदान गरिने छ।

Pre enrolment फर्म भरेकाहरु ले उक्त शिबिर मा सेवा लिन सक्ने छन।
दुताबास ले सुचना जारी गरि उक्त शिबिर मा अवधिमा साउदी अरेबियाको पुर्वी प्रान्तका Hafuf, Dammam, Khobar, Qatif, Hafar al Batim, Jubail, Khafji, Rahimah, Abqaiq, Nariyah and Qaryat al Ulya बाट परिचयपत्र (अकामा) बनाएका तर हाल अकामाको म्याद सकिएको ३ महिना पुरा भएका तथा हूरूब लागेका नेपाली श्रमिकहरूलाई बहिर्गमन भिषा (Exit Permit) को लागि फाराम भर्ने व्यवस्था समेत गरिएकोले त्यस्ता व्यक्तिहरू आफ्नो अकामा तथा नेपाली राहदानीको फोटोकपी सहित उपस्थितिको लागि आग्रह गरेको छ ।

कार्यक्रम हुने स्थान को लोकेशन निम्न अनुसार रहेको छ,

https://maps.google.com/?q=27.011827,49.661587
स्थानःकुक जोन होटल, जुबेल

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026