आइतबारबाट ब्रोकरको आफ्नै टिएमएस, यस्ता छन् नयाँ सुविधा

ट्रेन्डिङ

NA Media
आइतबार अर्थात् असोज २० गतेबाट ब्रोकर कम्पनीहरूको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) सञ्चालनमा आउने भएको छ। ब्रोकरहरु आफैंले सेयर कारोबारको आदेश दिन प्रयोग हुने टिएमएस बनाएर सञ्चालनमा ल्याउने भएका हुन्। सेक्युर्ड सेक्युरिटिजले असोज २० गतेबाट नयाँ टिएमएस प्रणाली सञ्चालनमा ल्याउने जनाएको छ।
हालसम्म ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेन्जले नै बनाएर दिएको टिएमएस चलाइरहेका थिए। नेप्सेले डेभलपर कम्पनी वाइकोमार्फत् बनेको टिएमएस ब्रोकर कम्पनीहरूलाई दिएको थियो। अहिले सेक्युर्ड सहित नासा सेक्युरिटिज र साउथ एसियन बुल्स प्रालिले आफ्नै टिएमएस बनाएर सञ्चालनमा ल्याउन लागेका हुन्।

हालको टिएमएसबाट सेयर किनबेच आदेश दिने सामान्य काम मात्रै हुँदै आएकोमा अब ब्रोकरहरूले सञ्चालनमा ल्याउने टिएमएसको आफ्नौ मोबाइल एप, डेस्कटप भर्सन र वेब भर्सन तीन वटै हुनेछन्।

यो टिएमएसमा प्राविधिक विश्लेषण गर्न जान्नेहरूको लागि प्राविधिक विश्लेषणका औजारहरू उपलब्ध हुनेछन् भने लगानीकर्ताले कुनै सेयर अहिले बिक्री गरेको छ भने केही समयमै त्यो बराबरको रकम लगानीकर्ताको खातामा धरौटीको रूपमा देखिनेछ। यो टिएमएसमा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने र आफूले पाउनु पर्ने रकमको हरेक दिन विवरण प्राप्त गर्नेछन्।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026