रविलाई चितवनका मतदाताले भने – गगन थापाविरुद्ध मानहानीको मुद्दा हाल्नुस्

ट्रेन्डिङ

NA Media

चितवनका मतदाताहरुले कांग्रेस महामन्त्री गगन थापाविरुद्ध मानहानीको मुद्दा हाल्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।

चितवनको इच्चाकामना गाउँपालिकामा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरू सभापति लामिछानेलाई यस्तो आग्रह गरेका हुन् ।

सुनुवाइमा सहभागी चितवन मतदाताले संसद्‍मा खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मानहानीको मुद्दा हाल्न दिए ।

उनीहरुले सहकारी ठगेको प्रमाण भन्दै खाली कागज देखाएर संसद् अवरुद्ध गर्नेले छानबिन समितिलाई प्रमाण दिन नसकेको भन्दै रविले क्लिन चिट पाइसकेको पनि जिकिर गरेका छन्।मतदाताले खाली कागज देखाउने गगन थापालाई मानहानीको मुद्दा हाल्नुभएन भने अन्यलाई पनि थापाले फसाउने षडयन्त्र गर्न सक्ने भन्दै आक्रोश पोखे ।

सार्वजनिक सुनुवाइमा बोल्दै सभापति लामिछाने आफूले गगनलाई मानहानीको मुद्दा होइन, दशैंपछाडि आफूविरुद्ध सरकरारले मुद्दाको तयारी गरिरहेको दाबी गरे ।

गगनसहित सरकारका मान्छेहरूले नै आफूलाई मुद्दा हाल्न अनेक उपाय खोजिरहेको उनले बताए ।

तर आफूले सहकारी ठगीमा क्लिन चिट पाइसकेकाले सत्यको अगाडि कसैको केही नलाग्ने पनि सभापति रवि लामिछानेले जिकिर गरे।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026