कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनल प्रवेश

ट्रेन्डिङ

NA Media
कर्णाली यश्विज एभरेस्ट महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा बिहीवार भएको खेलमा चितवन शक्तिलाई ३-२ ले हराउँदै कर्णालीले एक खेल अगावै फाइनलमा यात्रा तय गरेको हो ।

पहिलो सेट २०-२५ ले ले चितवनलाई सुम्पिएको कर्णालीले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट पुनः २१-२५ ले चितवनलाई सुम्पिदा कर्णालीले चौथो सेट २५-१५ ले जित निकाल्दा खेल पाँचौ सेटमा धकेलिएको थियो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा अन्तत १४-१३ ले जित निकाल्दै कर्णालीले फाइनलमा यात्रा तय गर्न सफल भयो।
लिगमा अपराजित कर्णालीको १० अंक पुगेको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026