NA Media
‘धौबजी’
साउदी अरब को जुबेल मा राहदानी शिबिर सम्पन्न भएको छ।
नेपाली दुताबास को आयोजना र एनआरएनए,साउदी अरब लगायत विभिन्न संघ,संस्थाहरुको सहयोगमा जुबेल मा पहिलो पटक आयोजित राहदानी शिबिर अक्टोबर ४/५ दुई दिन सम्म चलेको थियो।
राहदानी शिबिर मार्फत ९०८ जना को नयाँ पासपोर्ट को फर्म संकलन गरिएको थियो।
राहदानी शिबिर मा नेपाली दुताबास बाट का.वा राजदुत डा डम्मरु बल्लब पौडेल को नेतृत्वमा श्रम काउसुलर देबेन्द्र कार्की, प्रथम सचिव द्वय टोप नारायण गिरि, टिकाराम उपाध्याय , द्वितीय सचिव आनन्द चुवाई लगायत स्थानिय कर्मचारी सरोज अधिकारी,अब्दुस राई, डेबिट महर्जन, अजय दङ्गाल, हेमन्त आचार्य,मूजिबुल रहमान,मोहम्मद उमामा साथै दम्माममा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी नारायण पासवान सहित को टिम खटिएको थियो।
पासपोर्ट क्याम्प लाई सफल बनाउन सहजीकरण र समन्वय गर्न एआरएनए,साउदी अरबका अध्यक्ष श्रीमती रबिना अर्याल, वरिष्ठ उपाध्यक्ष उमेश भट्टराई, महासचिव शुक्र मोक्तान, सदस्य भिम कार्की , ग्लोबल आईएमई बैंक लिमिटेड, नेपाली जन प्रगतिशील मंच साउदी अरबका महासचिव श्री वासुदेव सापकोटा, भक्त कार्की , शिब बिक , सुजन प्रसाद पुडासैनी, सुरज तिवारी ज्यु, प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष कुबेर हुमागाईं , राजन ओझा, राज बोगटी, प्रवासी नेपाली मन्च मध्यपूर्व कमिटि सदस्य यम बम्जन लामा, हेल्प मधेसी साउदी अरबका अध्यक्ष श्याम कुमार महतो , किरात राई यायोख्खा प्रवास शाखा साउदी अरबका अध्यक्ष चित्र कुमार चाम्लिङ्ग राई , नेपाली साझा मञ्च साउदी अरबका प्रमुख सल्लाहकार अकल प्रधान , यूनाईटेड फुटबल क्लबका ओम कुमाल,ब्यबसायी यावा लिम्बू लगायत ले बिशेष भुमिका खेलेका थिए।
नेपालीहरु को बाक्लो उपस्थिती रहेको जुबेल मा धेरै समय देखि पासपोर्ट शिबिर को माग उठ्दै आईरहेको थियो।
पासपोर्ट बनाउन राजदुताबास रियाद घाउनु पर्ने बाध्यकारी अवस्था रहदा आर्थिक/समय को बोझ सेवाग्राहीहरु ले भोग्नु पर्ने अवस्था बाट केही भएनि निजात दिलाउन दूतावास ले विभिन्न संघ संस्थाहरु को सहकार्य मा दुताबास भन्दा टाढा रहेका स्थानहरु मा पासपोर्ट शिबिर संचालन गर्दै आई रहेको छ र जनस्तर बाट दुताबासको पहलकदमी को प्रसंशा हुँद आएको देखिन्छ।
सदर्भ श्रोत: राजेन्द्र अर्याल।अर्याल एनआरएनए,मध्यपुर्ब संयोजक हुन।