बडा दशै को शुभकामना !!

ट्रेन्डिङ

श्री कृष्ण श्रेष्ठ ‘धौबजी’

देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपालीजन मा महान पर्व बडा दशै को हार्दिक मंगलमय शुभकामना।

दशै पर्व को मुखै मा  प्राकृतिक बिपती बाढी,पहिरो,भुस्खलन ले नेपाल को अवस्था निकै कस्टकर रहेको छ। प्राकृतीक बिपत्ती को चपेटा मा परेर सयौं जना को ज्यान गएको छ,लाखौ जनता प्रभाबित भएका छन भने अरबौ को धनजनको नोक्सानी भएको छ। धेरै जना लाई दशै नभई दशा आई लागेको छ।

दशै खर्च मा केही कटौटी गरि सहयोग गर्न सके अझ सबै को दशै रमाईलो हुन्थो। सोचौ है,सक्दो हातेमालो गरौ।

दशै पर्व ले नेपाली जनताको भावना बोकेको छ र यसको  सान्स्कृतिक महत्व अबर्णित छ। दशै मनाउन बिदेश बाट नेपाल र शहर बाट आ आफ्नो गाउँ ठाउँ जाने को लर्को छ,जुन दशै को अनुपम विशेषता मा पर्दछ।

पछिल्लो समय प्रबिधी ले गर्दा नयाँ पुस्ता हाम्रो मौलिकपन बाट टाढा हुँदै गएको देखिन्छ,दशै लगायतका पर्व नयाँ पुस्तामा  पुनर्जागरण ल्याउने मौका पनि हुन सक्छ।
मौलिकता र परम्पराको निरन्तरता सहित सबै को दशै उल्लासमय बनोस।सबै मा बडा दशै को शुभकामना ।।
जय होस !

 

 

 

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026