अनिल अम्बानीको कमब्याक कथा

ट्रेन्डिङ

NA Media
रिलायन्स पावरलाई दुई छोराले कसरी २०,५२६ करोडको कम्पनीमा रुपान्तरण ,,,,,,

अनिल अम्बानीले आफ्नो व्यावसायिक जीवनमा पुनरुत्थानको नयाँ यात्रा सुरु गरेका छन्।

रिलायन्स पावरको सेयर मूल्य ५ प्रतिशत बढेर ५३.६५ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताको विश्वास पुनःस्थापित गरेको छ। अहिले रिलायन्स पावर ऋणमुक्त भइसकेको छ र रिलायन्स इन्फ्रास्ट्रक्चरले पनि आफ्नो ऋण ८७ प्रतिशतले घटाएको छ। रिलायन्स पावरको बजार पुँजीकरण २०५२.६७ करोड पुगेको छ।

परिवर्तनको प्रमुख कारण अनिलका दुई छोरा जय अनमोल र जय अंशुल अम्बानीको रणनीतिक भूमिका हो। उनीहरूको पारिवारिक व्यवसायमा प्रवेशले लगानीकर्ताको विश्वास पुनः जगाएको छ। जय अनमोलले रिलायन्स क्यापिटल लिमिटेडलाई पुनर्जीवित गर्न ठुलो भूमिका खेलेका छन्। रिलायन्स इन्फ्रास्ट्रक्चरको सेयर पनि ६०% ले वृद्धि भई ३३६.२० रुपैयाँ पुगेको छ। यसबाहेक, रिलायन्स इन्फ्राले २९३० करोड रुपैयाँ विदेशी मुद्रा परिवर्तनीय बाँडमार्फत उठाउन स्वीकृति पाएको छ।

अनिल अम्बानीको ऊर्जा विस्तार योजना

रिलायन्स समूहले नविकरणीय ऊर्जा क्षेत्रमा पनि ठुलो लगानी गर्दै भुटानमा १२७० मेगावाटका सौर्य र जलविद्युत परियोजनाको घोषणा गरेको छ। यसका लागि डुक होल्डिङसँग सहकार्य गर्दै अघि बढ्न लागेको छ। ऊर्जा क्षेत्रमा विस्तार गर्न नयाँ कम्पनी रिलायन्स इन्टरप्राइजेज पनि गठन गरिएको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026