नेपाली युवा प्रसिस मुडभरी साउदीमा बास्केटबल खेल मा प्रतिभा तिखार्दै,अन्तर्राष्ट्रिय खेलमा सहभागी

ट्रेन्डिङ

NA Media
श्री कृष्ण श्रेष्ठ ‘धौबजी’

नेपाली युवा प्रसिस मुडभरी साउदी अरबमा बास्केटबल खेल मा अघि बढेका छन।

भारतको आगरा मा आयोजना हुन गई रहेको U-19 CBSE Game अन्तर्गत बास्केटबल खेलमा साउदी बाट प्रतिनिधित्व गर्ने टिम मा मुख्य खेलाडीको रुपमा स्थान बनाउन सफल भए पछि उमेर ले भर्खरै १८ वसन्त टेकेका प्रसिस मुडभरीको प्रतिभा बाहिरिएको हो।प्रतियोगिता मा सहभागी हुने उनी पहिलो नेपाली हुन। प्रतियोगिता १३ अक्टोबर देखि सुरु हुँदै छ।

२०६३ मा बिराटनगर मा जन्मिएका हाल साउदी अरब,रियाद स्थित दिल्ली पब्लिक स्कुल मा १२ क्लास मा अध्ययनरत मुडभरी सम्मिलित टिम ले साउदी अरब मा CBSE पाठ्यक्रम अन्तर्गत पढाई हुने स्कुलहरु बिच सम्पन्न खेल जित्दै भारत मा हुने प्रतियोगिता मा छनौट भएको हो ।

साउदी अरब मा बिगत दुई दशक देखि कार्यरत नवीन मुडभरी एवम प्रजिता मुडभरी को कान्छो छोरा प्रसिस मुडभरी ले एन ए मिडिया संग कुराकानी गर्दै साउदी अरबको तर्फ बाट प्रतिनिधित्व गर्ने टिमको सदस्य हुन पाउँदा खुसी लागेको बताए।

खेल ले आफ्नो प्रतिभा निखार्न मद्दत पुगेको ठानेका मुडभरी यसरी पहिलो नेपाली को रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउँदा गर्व लागेको र प्रतियोगिता मा स्मरणयोग्य खेल खेल्ने लक्ष्य रहेको कुराकानीमा भन्दै गर्दा उनको भावाब्यक्ती हेर्न लायक को देखिन्थ्यो।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026