घट्दै ब्याजदर, ७.४९ प्रतिशत औसत आधार दर

ट्रेन्डिङ

NA Media

२०८० भदौमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा ५.८८ प्रतिशत रहेकोमा २०८१ भदौमा ३.०० प्रतिशत रहेको छ।

२०८१ भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.४९ प्रतिशत, विकास बैंकहरुको ९.१५ प्रतिशत र वित्त कम्पनीहरुको १०.६५ प्रतिशत रहेको छ। २०८० भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१४ प्रतिशत,विकास बैंकहरुको १२.१२ प्रतिशत र वित्त कम्पनीहरुको १३.५२ प्रतिशत रहेको थियो।

२०८१ भदौमा वाणिज्य बैंकहरुको निक्षेपत्रको भारित औसत ब्याजदर ५.५३ प्रतिशत, विकास बैंकहरुको ६.३१ प्रतिशत र वित्त कम्पनीहको ७.५५ प्रतिशत रहेको छ

२०८० भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०६ प्रतिशत, विकास बैंकहरुको ९.४३ प्रतिशत,वित्त कम्पनीहरुको १०.२७ प्रतिशत, विकास बैंकहरुको १०.८९ प्रतिशत र वित्त कम्पनीहरुको १२.१४ प्रतिशत रहेको छ। २०८० भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत, विकास बैंकहरुको १३.९९ प्रतिशत र वित्त कम्पनीहरुको १४.६८ प्रतिशत रहेको थियो।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026