दुई महिनामै भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स आप्रवाह,१५.२ प्रतिशतले वृद्धि

ट्रेन्डिङ

NA Media

चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मा नेपालमा २ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको दुई महिनाको तथ्यांक अनुसार उक्त दुई महिनामा नेपालमा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

 गत आर्थिक बर्षको यहि अवधिको तुलनामा १५.२ प्रतिशतले वृद्धि बढी हो । गत आवको यो अवधिमा नेपालमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

चालु आवको दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४ सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५ सय ८३ रहेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ रहेको थियो ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025