नेप्से २७०० नजिक,दसैँपछि खुलेको शेयर बजारमा हरियाली 

ट्रेन्डिङ

NA Media

दसैँपछि खुलेको शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक आज मंगलबार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा बन्द भएको छ।

बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ। आज उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै बढेको छ। आज वित्त समूह सर्वाधिक ४.६१ प्रतिशतले बढेको छ।

यो दिन २०५ वटा कम्पनीको शेयरभाउ बढ्दा ३२ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ। जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयरभाउ १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। मल्टीपर्पस फाइनान्सको शेयरभाउ ९ प्रतिशत बढीले बढेको छ।

आज शेयर बजारमा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको १८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026