रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

ट्रेन्डिङ

कास्कीको सहिद चोक र गैह्रापाटनमा निषेधित क्षेत्र घोषणा

कास्कीको सहिद चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउपछि जिल्ला प्रशासन कार्यालयले कास्कीको ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

स्रोत: सन्तोष सुबेदी गो.प.

 

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026