कालीगण्डकी खेल महोत्सवमा सात सय जनाकाे प्रतिस्पर्धा

ट्रेन्डिङ

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ‘छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव’ हुने भएको छ । दक्ष र क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गर्न लागिएको महोत्सवमा विभिन्न खेलमा प्रतिस्पर्धा हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा ७ खेलका २२ विधामा प्रतिस्पर्धा हुनेछ । झण्डै सात सय खेलाडी सहभागी हुने अध्यक्ष थापाको भनाइ छ । एउटा वडाबाट ९८ जना खेलाडीले विभिन्न खेलमा भाग लिने उहाँले बताउनुभयो।

महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिण्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय पोख्रेलले जानकारी दिनुभयो । पालिकाका युवा तथा खेलाडीको मागअनुसार खेल महोत्सव सञ्चालन गरिँदै आएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो,“महोत्सवले लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउन सहयोगी हुनेछ ।”

आगामी शुक्रबारबाट हुने महोत्सव तीन दिनसम्म सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष तथा खेल महोत्सव मूल समितिका संयोजक सावित्रा कोइरालाले बताउनुभयो । मिर्मी र बेल्टारी खेल मैदानमा खेलहरु सञ्चालन हुने उहाँको भनाइ छ ।

महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । कालीगण्डकी गाउँपालिकाले विगत सात वर्षदेखि अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव हुँदै आएको छ । पालिकाको सात वडाको सहभागितामा महोत्सव गर्दै आएको छ ।

स्रोत : राधा कृष्ण डुम्रे गोरखा पत्र

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025