विश्वको बेष्ट लक्जरी बुटिक होटलमा नेपालका ३ वटा चयन

ट्रेन्डिङ

NA Media

विश्वको उत्कृष्ट लक्जरी बुटिक होटलभित्र नेपालका तीन होटल समावेश भएका छन्। भारतको प्रतिष्ठित इन्डियाज बेष्ट अवार्ड(आइबीए) २०२४ को १३ औं संस्करणमा विश्वभरका लक्जरी बुटिक होटलभित्र नेपालबाट मुस्ताङको सिन्तामणी, काठमाडौंको द्वारिकाज र पोखराको टाइगर माउन्टेन पोखरा लज छनौटमा परेका हुन्।

आइबीए ट्राभल प्लस लेजर इन्डिया र दक्षिण एसियाको मार्कीको आयोजनामा हरेक वर्ष विश्वभरका उत्कष्ट होटल तथा रिसोर्टलाई अवार्ड दिँदै आएको छ।

हरेक वर्ष भिन्नभिन्न विधामा अवार्ड दिँदै आएको आइबीएले यो पटक ‘आर्ट अफ डिस्कभरी’लाई मुख्य विषयवस्तु बनाएको छ। जसले विश्वभरका होटल, एयरपोर्ट, क्रुज र विवेकी यात्रुको ध्यान खिचेका गन्तव्यमा उत्कृष्ट दृश्यहरु हेर्नका लागि लालायित बनाएका छन्। यस्ता होटल तथा रिसोर्टलाई अवार्ड दिने उद्देश्यका साथ विश्वभरीबाट छनौट भएका १० लक्जरी बुटिक होटल मध्ये नेपालबाट तीन वटा होटल परेका हुन्।

आइबीएले सार्वजनिक गरेको १० होटलको सूचीमा मोरक्कोबाट २, श्रीलंका, अस्टे«लिया, थाइल्याण्ड, भुटान र सिंगापुरबाट एक÷एकवटा होटल परेका छन्। अवार्डका लागि विश्वभरबाट गर्न पाइने भोटिङ अवधि नोभेम्बर ३० सम्म छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026