मधुमेह (डाइबेटिज) भएका बिरामीहरुले के खाने ? के नखाने ?

ट्रेन्डिङ

NA Media
मधुमेह (डाइबेटिज) भएका बिरामीहरुले खाने कुरामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । तर के खान हुने के खान नहुने भन्ने विषयमा कतिपयलाई दुविधा पनि हुने गरेको छ ।

खान नहुने पदार्थहरु :
१. गुलियो पदार्थहरु –चिनी, मिठाई, सक्खर, जाम) कोकाकोला, फेन्टा, फ्रुट जुस, आइक्रिम आदि ।
२.चिल्लोमा तारेका खानाहरु पुरी पुलाउ समोसा चप आदि ।
३. फलफुलहरु धेरै गुलियो आप, भुइकटर ।
४. चुरोट, सुर्ती, तमाखु, जर्दावाला खैनी, पान पराग ।
थोरै मात्रामा खान हुने पदार्थ
१. अन्नहरु : चामल गहुँ ।
२. चिनी नभएको पाउरोटी, विस्कुट, चाउचाउ चिउरा ।
३. तेल, घिउ, मखन ।
४. कन्दमुलहरु : आलु पिडालु, तरुल, सखरखण्ड आदि ।

ठिक्क मात्रामा खान हुने पदार्थहरु:
१. अन्नहरु : मकै, फापर, कोदो ।
२. दाल र गेडागुडीहरु : चना, केराउ, भटमास, मुगी आदि ।
३. दूध र यसबाट बनेका पदार्थहरु : दही, पनिर ।
४. मासु, माछा, अण्डा ।
५. फलफुलहरु : सुन्तला, स्याउ, नासपाती, केरा, अनार, आरु ।

इच्छा अनुसार खान हुने पदार्थहरु :
१. तरकारी / सागसव्जी: काउली, बन्दा, गाजर, च्याउ, सिमी, प्याज, सलगम, मूला, गोलभेडा, परवर, भान्टा, लौका, पर्सी, रायोको साग, पालुंगो साग, चम्सुरको साग आदि ।

२. फलफुलः मौसम, मेवा, खरबुजा आदि ।

३. पिउने पदार्थहरु : फिक्का चिया, र कफी तरकारीका सूपहरु ।
४. सलाद : काक्रो, गाजर, बन्दा, चुकन्दर, मुला, हरियो पान ।
५ . मसला, जीरा, धनिया, मरिच ईत्यादि ।

थप समाचार

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025