– श्री कृष्ण श्रेष्ठ ‘धौबजी’
०७९ को आमचुनावमा एकाएक शक्तीको रुपमा उदाएको रास्वपा क्रमशः अस्ताउने क्रममा रहेको देखिन्छ।
भोलि ४१ स्थान मा हुन गईरहेको उपनिर्वाचन मा रास्वपा को उम्मेद्बारी ले रास्वपाको शक्ति बढ्दै जानु को सट्टा खस्कदै गएको स्पस्ट देखिन्छ।जम्मा २६ स्थानमा उम्मेद्वारी दिएको पार्टी कतै पनि प्रतिस्पर्धा मा नरहेको विश्लेषण छ।
जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी रिक्त ४४ पदका लागि हुने उपचुनावअन्तर्गत कैलाली र ओखलढुंगाको जिसस प्रमुख तथा रुकुम–पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भैसकेका छन् । बाँकी ४१ स्थानमा भोलि मतदान हुँदै छ ।
सहकारी प्रकरणमा रास्वपा अधक्ष्य रबि लामिछाने कानुनि प्रक्रिया तहत हाल जेल मा रहेको ,रबि लामिछाने जेल मा रहदा सिंगो पार्टी पंक्ति मुलधार को राजनीति बाट अलग थलग रही गति लिन नसकेको ,अधक्ष्य को जेल बसाई को क्रममा पार्टी ले चलाएको आन्दोलनको संदेश गलत जाँदा अघिल्ला चुनावमा साथ दिएको शहरी मतदाता सहकारी काण्डले रास्वपासँग रिसाएको, तल्लो तहमा रास्वपाको संगठन नबनेको, मुकुल ढकालले पार्टी छोडेपछि तलैसम्म अन्तरविरोध चर्किएकोलगायत कारण रास्वपामाथि मतदाताको भरोशा गुमेको आम रूपमा पनि देखिन्छ ।
०७९ को आमचुनाव र त्यसपछिका उपचुनावमा रास्वपाले मुख्यतः शहरी क्षेत्रमा प्रभाव देखाएको थियो । छिटोछिटो परिवर्तन खोज्ने शहरी मतदाताको विशेषता हो । प्रष्ट छ– ०४६ सालमा गणेशमानका लागि जुरुक्क उठेको काठमाडौँ ०४८ सालमा कहाँ पुग्यो ! ०६४ सालमा माओवादीमय भएको काठमाडौँ ०७० मा आइपुग्दा नील हुन पुग्यो । अहिले चन्द्रागिरी,शंखरापुर नगरपालिका मा केही वडाध्यक्ष जित्नुबाहेक काठमाडौँको अन्य स्थानीय तहमा माओवादीको उपस्थिति कमजोर छ ।
उपचुनावमा मूलतः कांग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने र माओवादी उनीहरूको पछि–पछि आउने अनुमान गरिएको छ । रास्वपा मात्र होइन राप्रपा र नेकपा एसले पनि उपचुनावमा प्रभाव छाड्न नसक्ने विश्लेषण भैरहेको छ।
भोलि हुने उपनिर्वाचन रास्वपा पार्टी को लागि जनमत टटोल्ने अबशर पनि हो l रास्वपा पार्टीले आफ्नो पार्टी को अधक्ष्य रबि लामिछाने लाई सरकार ले नियत बस राजनैतिक प्रतिशोध साधेर जेल मा राखिरहेको भन्ने आक्षेप लगाई रहेको छ र सरकार ले पनि सारा सहकारी अपचलन अपराध मा मुख्य दोषी नै रहे सरह रबि लामिछाने लाई कानुनि चपेडा मा पार्ने कार्य गरि रहेको आम जन ले देख्दै आएका छन् l
जनता ले हाल भई रहेको प्रक्रियामा रबि लामिछाने माथि अन्याय भएको मुल्यांकन गरेमा मत मार्फत अभिमत दिन सक्ने सम्भावना समेत देखिन्छ यधपी किर्तिपुर जस्तो उपत्यकाको महत्वपुर्ण स्थानमा समेत उम्मेद्वारी दिन चुकेको पार्टी ले धेरै आशा गर्ने ठाउँ कम नै देखिन्छ।