शेयर बजार मा मौद्रिक नीति को परेन दह्रो प्रभाब,नेप्से ९.९९ अंकले घट्दा ५ कम्पनीमा सर्किट

ट्रेन्डिङ

NA Media
विकास बैंक समूहमा लगानीकर्ताको ……

शुक्रबार जारि मौद्रिक नीति को नकारात्मक प्रभाब पर्ने चर्चा का बीच हप्ताको पहिलो दिन खुलेको बजार ले सामान्य प्रतिक्रिया जनाएको छ। नेप्से सामान्य घटेको छ। सेयर बजारमा ९.९९ अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेर २७३८.०६ बिन्दुमा रोकिएको छ।

आइतबार नेप्सेमा कुल ८ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बिहीबार भने नेप्सेमा कुल ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आइतबार कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ। आइबार अधिकांश कम्पनीको सेयर मूल्य घट्दा पनि विकास बैंक समूहमा भने लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।
आइतबार चार विकास बैंक समूहका कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। सकरात्मक सर्किट लाग्ने विकास बैंक कम्पनीमा सप्तकोशी विकास बैंक, ग्रिन विकास बैंक, सिन्धु विकास बैंक र कर्पोरेट विकास बैंक रहेका छन्।

यस्तै, बिशाल बजार कम्पनीको सेयर मूल्यमा पनि सकिरात्मक सर्किट लागेको छ। अधिकांश कम्पनीको सेयर मूल्य घट्दा पनि नकरात्मक सर्किट भने जानकी फाइनान्सको सेयर मूल्यमा मात्रै लागेको छ।

आइतबार बैंकिङ समूह सूचकमा १.४७ प्रतिशत, फाइनान्स समूहमा २.९६ प्रतिशत, जलविद्युत समूहमा १.१४ प्रतिशत, लगानी समूहमा १.१५ प्रतिशत, र जीवन बिमा समूहमा १.३५ प्रतिशतको गिरावट आएको छ। आज विकास बैंक समूहमा भने ४.५२ प्रतिशतको वृद्धि हुँदा व्यापार समूहमा ९.०७ प्रतिशतको वृद्धि भएको छ। होटल तथा पर्यटन समूहमा पनि ०.३० प्रतिशतको वृद्धि आएको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026