कुवेतमा रेसिडेन्सी उल्लंघन गर्ने ४ सय ९७ जनालाई देश निकाल

ट्रेन्डिङ

३ सय ८५ पक्राउ…
NA Media

कुवेत सरकारले गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारलाई धरपकड तीव्र पारेसँगै चार दिनमा ३ सय ८५ जनालाई पक्राउ गरेको छ । साथै, रेसिडेन्सी उल्लंघन गर्ने ४ सय ९७ जनालाई देश निकाला गरेको छ ।

त्यहाँको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षा बलले ११ देखि १४ नोभेम्बरसम्म देशभर अपरेसन गरी सो संख्यामा पक्राउ गरी कारबाही गरेको जनाएको हो । मन्त्रालयले गैरकानुनी रूपमा कामदार, श्रमिक ल्याउने व्यक्तिलगायत आवास कानुन उल्लंघन गर्नेहरूविरुद्ध सुरक्षा अभियान जारी राख्ने जनाएको छ ।

यसैगरी, मन्त्रालयले उल्लंघन गर्नेहरू र उनीहरूका रोजगारदाताहरूलाई जवाफदेही बनाउन कारबाही तीव्र पारेको जनाएको छ । मन्त्रालयले सबै प्रवासी र उनीहरूका रोजगारदाताहरूले कुवेतको रेसिडेन्सी र श्रम कानुनको पालना गर्ने सुनिश्चित गर्दै सुरक्षा सुदृढ गर्ने र सार्वजनिक व्यवस्था कायम गर्ने लक्ष्य राखेको जनाएको छ ।

कुवेतले गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र पारेसँगै त्यहाँ लुकिछिपी बसेका सयौं नेपालीसहित अन्य मुलुकका आप्रवासी कामदार पक्राउ परेका छन् । अहिले कुवेतको केन्द्रीय कारागारमा ५७ बढी नेपालीले जेल जीवन बिताइरहेका छन् । अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका छन् भने बाँकी चोरी डकैती, झै–झगडाको र कानुन उलंघन गरेका कारण जेल परेका छन् ।

जेल सजाय सकिएपछि पुनः कुवेत फर्कन नपाउनेगरी त्यहाँको सरकारले डिपोर्ट गर्दै आएको छ । कुवेतमा विभिन्न पेसामा गरी करिब १ लाख ७ हजारको हाराहारीमा नेपाली कामदार रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025