सरकारका प्रवक्ता भन्छन् : प्रधानमन्त्रीको भ्रमणमा धेरै सदस्य देखिएको मात्रै हो

ट्रेन्डिङ

सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा धेरै सदस्य नरहेको बताएका छन् ।

यही मंसिर १० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा गुरुङले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चार दिने चीन भ्रमण गर्दैछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा निजी क्षेत्रबाट समेत गरेर ८७ जना सहभागी हुँदैछन् ।

यसलाई लिएर कतिपयले प्रधानमन्त्रीको भ्रमण दल ठूलो भएको भनेर उठाएका प्रश्नहरूको सम्बोधन गर्दै मन्त्री गुरुङले दूतावासका कर्मचारी र निजी क्षेत्रको सहभागिताले प्रधानमन्त्रीको भ्रमण दल धेरै देखिएको बताए ।

‘खास प्रतिनिधिमण्डलमा सरकारले निर्णय गरेको हुन्छ त्यति (सदस्य) हुन्छन् । त्यहाँ (चीन)को राजदुतावास हुन्छ । राजदुतावासको कर्मचारी पनि त्यसमा सामेल हुन्छन् । राजदुतावासका सबै कर्मचारी सामेल हुने भएको हुनाले सरकारी प्रतिनिधिमण्डल धेरै देखिने मात्रै हो,’ उनले भने ।

मन्त्री गुरुङले प्रधानमन्त्री स्तरमा भारत र चीन भ्रमण हुँदा निजी क्षेत्र समेत सामेल हुने अभ्यास रहेको बताए ।

‘भारतमा जाँदा पनि हामीले २१ सदस्यीय, ३१ सदस्यीय भन्छौं तर सय डेढसय मान्छे पुगिरहेको हुन्छ । किनभने यो दुइटा छिमेकी देशमा जाँदा निजी क्षेत्रका उद्योगी, व्यवसायीहरू धेरै आफ्नै खर्चमा जाने हुन्छन् । त्यसो भएर धेरै देखिएको मात्रै हो’ मन्त्री गुरुङले भने ।

मन्त्री गुरुङका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा मन्त्रिपरिषद सदस्यबाट परराष्ट्रमन्त्री आरजु रााणा मात्रै सहभागी हुनेछिन् ।

‘भ्रमण दलमा मन्त्रीमा परराष्ट्रमन्त्री आरजु देउवा मात्रै हुनुहुन्छ । कर्मचारीमा मुख्य सचिव, अर्थसचिव र परराष्ट्र सचिव हुनुहुन्छ’ मन्त्री गुरुङले भनेका छन्, ‘अरु सबै पदाधिकारी हुनुहुन्छ । निजी क्षेत्रका यो यो भनेर भनिराख्ने चलन हुँदैन । त्यो सचिवालयले मिलाएरै जाने चलन हुन्छ ।’

अनलाईन खबर

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025