साउदी अरबमा हुरूप हटाई नयाँ कम्पनीमा स्थानान्तरण हुन् सकिने सुबिधा,जनवरी २९ सम्म को समयसीमा

ट्रेन्डिङ

NA Media
साउदी अरबमा हुरूप लागेर अबैधानिक रुपमा रहेका कामदारहरु हुरूप हटाई नयाँ कम्पनीमा जान सकिने भएको छ ।साउदी सरकार ले सुबिधा घोषणा गरेको हो।
हुरूप भन्नाले रोजगारदाता कम्पनी ले आफ्नो कम्पनीमा रहेको कामदार अनुपस्थित रहेको भनि अनलाईन सिस्टममा गरिने रिपोर्ट लाई
जनाउछ । कामदार को जिम्मेवारी कम्पनीमा रहने मा सो कामदार भाग्दा कम्पनीको सम्पर्कमा नरहदा खेरि कम्पनीले हुरूप रिपोर्ट गरे पश्चात जिम्मेवारी बाट पन्छिने हुन्छ।
डिसेम्बर १ देखि जनवरी २९ सम्म ६० दिन को समयावधिमा हुरूप लागेका कामदारहरुको हुरूप हटाई{हट्ने)नयाँ कम्पनीमा जान सो कम्पनी ले किवा(QIWA) मा Transfer को लागि रोजगार सम्झौता सहित प्रस्ताब पठाउनु पर्छ र कामदारले १० दिन भित्र नयाँ कम्पनीको प्रस्ताब स्वीकार गरेको अवस्थामा सो कामदार नयाँ कम्पनीमा कानुनि रुपमा स्थानान्तरण हुने छ।
नयाँ कम्पनीमा Transfer भए पश्चात कामदार साउदी अरबमा अबैधानिक नहुने र स्थानान्तरण भएको नयाँ कम्पनी ले ईकामा बनाई बैधानिक रुपमा काममा लगाउन सक्छ।

नेपाल नेपाली दुताबास रियाद र नेपाली महाबाणिज्यदुताबास जेद्दा ले सुचना प्रकाशित  गरि  अबैधानिक रुपमा रहेका हरु लाई बैधानिक हुन् साउदी सरकार ले घोषणा गएको सुबिधा लिन आग्रह गको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026