नवनियुक्त राजदुत डा.नरेश बिक्रम ढकाल ले रियादमा कार्यभार सम्हाले 

ट्रेन्डिङ

• श्री कृष्ण श्रेष्ठ ‘धौबजी’

NA Media

श्रमिकको हित रक्षाको लागि प्राथामिकताका साथ कार्य गर्ने.

साउदी अरब को लागि नेपाल का नवनियुक्त राजदुत डा. नरेश बिक्रम ढकाल ले कार्यभार सम्हालेका छन।

नेपाली दुताबास रियाद ले प्रेश बिज्ञपति जारी गरि डिसेम्बर ४,बुधबार देखि ढकाल ले औपचारिक रुपमा कार्यभार सम्हालेको जनाएको छ।

प्रेश बिज्ञप्ति  मा साउदी अरब को परराष्ट्र मन्त्रालयका सिश्टाचार  मामिला समन्धी Deputi Minister Mr Abdulmajeed R Alsmari संग भेट गरि नियुक्ती समन्धी ओहदा को प्रमाणपत्र को प्रतिलिपी हस्तान्तरण गरिएको जनाईएको छ।

दुताबास मा आयोजित कार्यक्रम मा राजदुत पद बहाली पश्चात् मन्तब्य राख्दै ढकाल ले नेपाल र साउदी अरब बिच रहेको मैत्रीपुर्ण सम्बन्ध लाई मजबुत बनाउन तथा यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाको लागि प्राथामिकताका साथ कार्य गर्ने जनाए ।

कतार को लागि राजदुतको जिम्मेवारी निभाएको अनुभव बोकेका डा.ढकालको कतारी अमिर लाई नेपालको औपचारिक भ्रमण गराउन सफलता प्राप्त गरे पछि चर्चा चुलीएको थियो।

साउदी अरबमा राजदुत को जिम्मेवारीमा रहेर नेपाल र साउदी अरब बिच कुटनैतिक,आर्थिक,श्रम समन्धी मुद्दाहरुमा नवनियुक्त राजदुत डा.नरेश बिक्रम ढकाल ले  सार्थक भुमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।

 

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026