हुरुप लागेर फर्केका ले १० हजार रियाल जरिवाना बोक्नु पर्ने

ट्रेन्डिङ

श्री कृष्ण श्रेष्ठ’धौबजी’

NA Media

साउदी अरबमा हुरुप लागेका र प्रकिया पुर्याएर फर्केका ब्यक्ती ले १० हजार रियाल को जरिवाना बोक्नु पर्ने भएको छ।यो नयाँ ब्यबस्था एक महिना पहिला देखि लागू भएको हो।

साउदी अरबमा कम्पनी ले कामदार सम्पर्कमा नरहदा सो को सुचना system मार्फत दिने ब्यबस्था छ,यसरी सम्पर्कमा नरहेको ब्यक्ती लाई हुरुप लागेको भनिन्छ। कम्पनी बाट भाग्ने या अन्य कारण ले कम्पनीको सम्पर्कमा नरहेको भनी system मा रिपोर्ट गरिएको ब्यक्ती अबैधानिक हुन्छ,सो ब्यक्ती लाई Abser app मा दर्ता भएको मोबाईल नम्बरमा ६० दिन को समयाबधी दिएर बैध हुने या स्वदेश फर्कने गरि प्रकृया अघि बढाउन सुचित गरिएको हुन्छ,यो सुबिधा पनि सर्त सहित हुन्छ।

नेपाली नागरिकको हकमा हुरुप लागेको ब्यक्ती ले नेपाली दुताबास र महाबाणिज्यदुताबास मार्फत exit प्रकृया अघि बढाई फाईनल exit आए पछि नेपाल जान सक्छन।

हुरुप लागेर प्रकृयागत रुपमा नेपाल फर्केको ब्यक्ती ३ बर्ष साउदी अरब प्रबेश गर्न नपाउने नियम छ ।

पछिल्लो समय यो नियम मा आर्थिक जरिवाना पनि जोडिएको छ।

हुरुप पछि Exit प्रकृया मा फिर्ता हुने ब्यक्ती माथी साउदी रियाल १० हजार जरिवाना लगाईने भएको छ।

हुरुप मार्फत ३ बर्ष पछि साउदी फर्कन चाहने ब्यक्ती ले लागेको जरिवाना १० हजार भुक्तानी गरे पछि मात्र साउदि अरब प्रबेश गर्न सक्ने छन।यो नयाँ ब्यबस्था १ महिना पहिला देखि लागू भएको हो।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026