कात्तिक मा रेमिटेन्स प्रवाह स्वाट्ट घटयो,बै.रो मा जाने बढे

ट्रेन्डिङ

एन ए मिडिया

वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स कात्तिक महीनामा स्वाट्ट घट्न पुगेको छ।रास्ट्र बैंक ले जारी गरेको तथ्यांक अनुसार बैदेशिक रोजगारीमा जाने को संख्या बढे पनि नेपाल आप्रबाह हुने रेमिटेन्स घटेको देखिन्छ ।

कात्तिकमा नेपालमा ८३ करोड अमेरिकी डलर मात्रै रेमिटेन्स भित्रिएको छ। अघिल्ला महीनाहरूको तुलनामा यो निकै थोरै हो।
असोजमा एक अर्ब आठ करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो। भदौमा ९४ करोड र साउनमा एक अर्ब दुई करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो।

चाडपर्वको मुखमा असोजमा विदेश बस्ने नेपालीले घरपरिवारलाई बढी रेमिटेन्स पठाएका कारण कात्तिकमा रेमिटेन्सको मात्रा घटेको हुन सक्ने अनुमान गरिएको छ।

आर्थिक वर्षको पहिलो चार महीनालाई हेर्दा अघिल्लो वर्षका तुलनामा यो वर्ष रेमिटेन्समा खासै वृद्धि हुन सकेको देखिंदैन

गत आर्थिक वर्षमा मात्रै सात लाख ४१ हजार नेपालीले वैदेशिक रोजगारीमा जान अनुमति लिएको (नयाँ र नवीकरण गरी) तथ्यांक छ। यसले वैदेशिक रोजगारीमा जाने क्रम बढे पनि रेमिटेन्स भित्रिने क्रम घटेको संकेत गर्छ।

गत वर्षको मंसीरमा २७.६ प्रतिशतको उच्च बिन्दुले रेमिटेन्स बढे पनि त्यसयता रेमिटेन्सको वृद्धिदर घटिरहेको छ। यसले रेमिटेन्स रकम थोरै बढिरहेको देखिए पनि वृद्धिदर घटिरहेको देखाउँछ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026