नेवा:समाज,साउदी अरब ले रियाद मा योमरी पुन्ही: कार्यक्रम सहित मनायो 

ट्रेन्डिङ

श्री कृष्ण श्रेष्ठ ‘धौबजी

नेवा:समाज,साउदी अरब ले रियाद मा योमरी पुन्ही: कार्यक्रम सहित मनाएको छ।

समाज ले आठौं  बार्षिकउत्सबको अबसरमा योमरी पुन्ही: कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बिधिवतरुपमा गणेश पुजन गरिएको थियो भने उपस्थितहरु लाई सगुन दिईएको थियो ।

समाजका अध्यक्ष श्री कृष्ण श्रेष्ठ ले संचालन गरेको औपचारिक कार्यक्रममा रियाद क्षत्र का अध्यक्ष देब राज प्रधान ले स्वागत मन्तब्य,कार्यक्रम संयोजक महिला उपाध्यक्ष सृजना श्रेष्ठ ले कार्यक्रम सम्बन्धी मन्तव्य राखेकी थिईन।

कार्यक्रम संयोजक सृजना श्रेष्ठ लाई कार्यक्रममा सम्मान पत्र ले सम्मानित गरिएको थियो।

कार्यक्रममा नेपाली जनसम्पर्क समिती,साउदी अरबका अध्यक्ष अर्जुन थापा,पारिवारिक समाज,साउदी अरबका अध्यक्ष जितेन्द्र थपलिया,पानस का महामन्त्री नवीन मुडभरी,पानस रियाद अध्यक्ष अमर सापकोटा,झापाली समाज,साउदी अरबका पुर्ब अध्यक्ष राजेन्द्र थापा,पारिवारिक समाज,साउदी अरबका महिला उपाध्यक्ष प्रजिता मुडभरी,ब्यबसायी पुर्ण सारु मगर लगायत अतिथीको रुपमा रहेका थिए।

अतिथीहरु अर्जुन थापा,अमर सापकोटा साथै प्रत्युस मुडभरी ले मन्तब्य राखेका थिए।

कार्यक्रम मा सहभागीहरु लाई नेवारी समाजमा सर्ब प्रचलित समेबजि खुवाईएको थियो।

योमरी को अर्थ नेवारी मा मन परेको रोटि भन्ने बुझिन्छ र यस्को सम्बन्ध कृषि संग जोडिएको छ।परापुर्बमा नयाँ धान आएको खुसी साट्न चाकु,खुवा सहित योमरी खाने प्रचलन चलेको मानिन्छ।BBC ले नेपाल को सर्ब लोकप्रिय परिकार मा योमरी लाई पहिचान गरेको थियो र हाल नेपाल लगायत बिश्वभर नेपाल कै परिकार को रुपमा योमरी लाई लिईन्छ।

सन २०१७ मा स्थापित नेवा:समाज,साउदी अरब ले नेवा: संस्कृति,परम्परा लाई परिपालन गर्दै जगेर्ना गर्ने उदेश्य सहित साउदी अरबमा गैर नेवारहरु समेत लाई समाबेश गरेर विभिन्न नेवारी चाड पर्वहरु मनाउने जमर्को गर्दै आएको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026