सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश गरेपछि भागाभाग, पुरस्कार वितरण कार्यक्रम स्थगित

ट्रेन्डिङ

चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा जंगली हात्ती प्रवेश गरेको हो ।

कार्यक्रम स्थलबाट हात्ती धपाउने प्रयास भइरहेको छ । तर, मकुना फर्कीफर्की आइरहेको छ । सुरक्षाका लागि नेपाली सेना पनि कार्यक्रमस्थलमै खटिएको छ । कार्यक्रममा हात्ती प्रवेश गरेसँगै महोत्सवका पुरस्कार वितरणलगायतका कार्यक्रमहरू स्थगित गरिएका छन् । मानिसहरुको भागाभाग चलेको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026