सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश गरेपछि भागाभाग, पुरस्कार वितरण कार्यक्रम स्थगित

ट्रेन्डिङ

चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा जंगली हात्ती प्रवेश गरेको हो ।

कार्यक्रम स्थलबाट हात्ती धपाउने प्रयास भइरहेको छ । तर, मकुना फर्कीफर्की आइरहेको छ । सुरक्षाका लागि नेपाली सेना पनि कार्यक्रमस्थलमै खटिएको छ । कार्यक्रममा हात्ती प्रवेश गरेसँगै महोत्सवका पुरस्कार वितरणलगायतका कार्यक्रमहरू स्थगित गरिएका छन् । मानिसहरुको भागाभाग चलेको छ ।

थप समाचार

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025