बै.रो बाट फर्केका ले पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनी खोल्दै,५ बर्षमा २५ अर्ब लगानी जुटाउने लक्ष्य

ट्रेन्डिङ

✍️श्री कृष्ण श्रेष्ठ’धौबजी’

NA Media 

बैदेशिक रोजगारी बाट फर्केकाहरु ले स्थापना गरेको  रिटर्नी फेडेरेसन नेपालले सामुहिक उद्यमशीलताका लागि पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनी खोल्ने घोषणा गरेको छ ।

पहिलो बर्ष १६०० लगानीकर्ताबाट ३६ करोड लगानी संकलन र ५ बर्षभित्र २५ अर्बसम्मको लगानी जुटाउने गरी उक्त इन्भेस्टमेन्ट कम्पनी घोषणा भएको अध्यक्ष उत्तम अधिकारीले बताए  । समृद्धिका लागि उद्धमशिलतासहितको अर्थ राजनिति विकाश आवश्यक भएको पनि रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष अधिकारीले बताउनुभयो ।

 

कम्पनीका अध्यक्ष घनश्याम पाण्डेले रिटर्नी नेटवर्क नेपालको परिकल्पना, पहल र प्रयासबाट नेपालमा जनस्तरको सामुहिक लगानीमा रिटर्नी, स्वदेश तथा विदेशमा रहेका नेपाली लगानीकर्ताको पब्लिक इन्भेस्टमेन्ट कम्पनी गठनको औपचारिक रुपमा घोषणा गरि अगाडि बढेको जनाउदै ५ वर्ष भित्र २५ अरवको पूँजी परिचालन गर्न सहयोगि इन्भेस्टमेन्ट कम्पनी लिमिटेड प्रस्ताव गरिएको उल्लेख गरे ।

कम्पनीमा धनश्याम पाण्डे सहित सदस्यहरु डा. शालिकग्राम बसेल, डा. मोहमद एकबाल, शुभेक्षा मेयाङ्बो, राजन प्रसाद श्रेष्ठ, जेपी सापकोटा, एकराज सापकोटा र सन्तोष दाहाल रहेको तदर्थ सञ्चालक समिति गठन गरिएको छ । 

बैदेशिक रोजगार बाट फर्केकाहरु हक हित को लागि स्थापना भएको रिटर्नी नेपाल को बिस्तारित रुप रिटर्नी फेडरेशन हो।बिदेश बाट फर्केकाहरु देशब्यापीरुपमा संगठित हुँदै रिटर्नी फेडरेशन जस्तो संस्था स्थापना हुँदा  बिदेश बाट फर्केकाहरु को पक्षमा राजनैतिक लबिङ गरि बिभिन्न नितिगत निर्णय गराउन सफलता मिलेको देखिन्छ।

फेडरेशन ले अब बिदेशबाट फर्केकालाई ब्यबसायिक रुपमा अघि बढाउन लगानीको मोडालिटीमा अघि बढ्नु सुखद पक्ष मान्न सकिन्छ।

राजनैतिक दलहरु नेकपा एमाले,मावोबादी केन्द्र ले बिदेश बाट फर्केकाहरु लाई समेटेर सङठन गठन गरेका छन।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026