अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

ट्रेन्डिङ

NA Media

अन्तर्राष्ट्रिय रुपमा विभिन्न माध्यम मार्फत नेपाली पत्रकारिता गर्नेहरु संगठित भई अन्तर्राष्ट्रिय पत्रकार महासंघ(फिजा) गठन भएको छ।
प्रधान कार्यालय अमेरिकामा रहने गरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ (फिजा) स्थापना भएको छ । अमेरिकामा दर्ता भई रामप्रसाद खनालको अध्यक्षतामा पहिलो कार्यसमिति समेत गठन गरिएको बिज्ञप्ती मार्फत जानकारी दिइएको छ

संस्थाको प्रधान कार्यालय अमेरिकामा रहने र विभिन्न देशहरूमा देशस्तरीय शाखाहरू स्थापना गर्ने तयारी रहेको जानकारी दिईएको छ ।

महासंघको अध्यक्षमा चयन भएका खनाल नेपाल मदर डटकमका प्रधान सम्पादक तथा एभिन्यूज टेलिभिजनका अमेरिका सम्पादक हुन् । यसैगरी महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख जीवराम भण्डारी, एभिन्यूज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला, नेपाल समाचार पत्रका पूर्व सम्पादक टंक पन्त र नेप्लिज डायस्पोराका प्रधानसम्पादक सतिश चापागाईँ चयन भएका छन् ।
यसैगरी महासंघको महासचिवमा माइक्रोसफ्ट इन्जिनियर टंक दाहाल छानिएका छन् भने सचिवमा न्यूजपाली डटकमका प्रकाशक तथा सम्पादक अनिल अधिकारी चयन भएका छन् । यस्तै कोषाध्यक्षमा डिसी नेपालका अमेरिका ब्युरो प्रमुख अर्जुन दाहाल छानिएका छन् ।
यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघको बोर्ड अफ डाइरेक्टरमा इनेप्लिज डटकमका प्रधानसम्पादक विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्धसम्पादक नवराज कुँवर, क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रका पूर्व सहसम्पादकका कृष्णराज खनाल चयन भएका छन् ।

महासंघको सल्लाहकारमा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधानसम्पादक योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका पूर्व प्रधानसम्पादक पुरुषोत्तम दाहाल, राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँ, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष पुरु घिमिरे, कान्तिपुर दैनिकका पूर्व आर्थिक ब्यूरो प्रमुख विजय घिमिरे चयन भएका छन्

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026