नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो । नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औ मिनेटमा सुजल डंगोलले एक एक […]

दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी गत आइतबार विद्युतीय अपराध कसुरमा पक्राउ परेका थिए । यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा आज पुनः म्याद थप गरिएको छ । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

नेप्सेमा आज ४९ अङ्कको बढेको छ । बुधबार नेप्से ४९.१३ अङ्कले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनीको कारोबार हुँदा एक करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ ।नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल […]

न्यायाधीश नियुक्तिको विरोधमा नेपाल बार

नेपाल बार एशोसिएशन प्रधानन्यायाधीशले गैर संवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न खोजेको आरोप लगाउँदै आन्दोलित भएको छ । बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरुले विगत १ वर्षदेखि उठाउँदै आएको विषयलाई नजर अन्दाज गरी न्यायाधीश नियुक्ति गर्न खोजिएको बताएका हुन् । न्याय परिषद्ले २०८० असोज १ गते न्याय परिषद् नियमावली […]

युरोप का विभिन्न मुलुकहरुमा बै.रो मा पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

युरोप का विभिन्न मुलुकहरु ग्रिस,अल्वानियाँ, पोर्चुगल, युके र माल्टा माआकर्षक तलबको प्रलोभनमा पारी  पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-४ घर भएका ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, पाल्पा रामपुर नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ३५ वर्षीय सुमन थापा र […]

भदौ महिना मा शेयर बजारबाट उठ्यो २ अर्ब ५७ करोड पूँजीगत लाभकर

भदौ महिनामा पुंजी बजार बाट करिब तिन अर्ब पुंजीगत लाभकर उठेको छ। समग्र बजार भने भदौ महिनामा १४ प्रतिशत अर्थात् ४२० अंक घटेको थियो । साउन महिनामा उच्च अंकले बढेको बजार भदौ महिनाभर दबाबमा रहँदा पनि लगानीकर्ताले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर तिरेका छन् । शेयर लगानीकर्ताहरुले साउन महिनामा भने सरकारलाई […]

साउदी अरब मा फेरिदै नेपालीको छवि

श्री कृष्ण श्रेष्ठ ‘धौबजी’   विश्व मानचित्रमा अनेक हिसाब ले अग्रपंक्तिको मुलुकको रुपमा गनिने साउदी अरब नेपालको  प्रमुख श्रम गन्तब्यको रुपमा रहेको छ। साउदी अरब र नेपाल ले असल मित्र मुलुकको रुपमा आपसी दौत्य सम्बन्ध लाई अघि बढाई रहेको छ। नेपाल को साउदी अरबमा दुताबास रहेको छ भने साउदी अरब को नेपालमा दुताबास रहेको छ। […]

बुरैदामा हुने राहदानी नवीकरण घुम्ति शिविरको pre enrolment फर्म थपिदै

Nepal embassy building,riyadh

‘धौबजी’ नेपाली दुताबास रियाद ले बुरैदा मा २७ सेप्टेम्बर,शुक्रबार संचालन गर्ने घुम्ती शिबिरमा सेवाग्राही को चाप लाई मध्यजनर गर्दै थप pre enrolment  फर्म खुल्ला गरेको छ । दुताबास ले सूचना जारी गर्दै १०० फर्म थप स्वीकार गर्ने जनाईएको छ। समय मा नै फर्म भरेर सेवा लिन दुताबास ले आग्रह गरेको । नेपाली दुताबास,रियाद र महाबाणिज्यदुताबास […]