अल कासिम मा राहदानी नविकरण घुम्ती सेवा सम्पन्न

NA Media साउदी अरब को अल कसीम मा राहदानी घुम्ती शिबिर सम्पन्न भएको छ। नेपाली दुताबास को आयोजना तथा एनआरएनए क्षेत्रिय समिति अल कसीम को ब्यबस्थापन मा २७ सेप्टेम्बर,शुक्रबारका दिन सम्पन्न राहदानी घुम्ती शिबिर मा करिब ५५० जना भन्दा बढी सेवाग्राही मा सेवा प्रबाह भएको थियो। घुम्ती शिबिरमा राहदानी नविकरण,फाराम संकलन, बनेर आएको राहदानी बितरण, […]

नेवा: समाज,साउदी अरब को नयाँ कार्यसमिति चयन,अधक्ष्यमा ‘धौबजी’ को निरन्तरता

  साउदी अरबमा  नेवा:हरुको संस्था नेवा:समाज साउदी अरब ले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार रियाद मा सम्पन्न नेवा: भेला ले समाज को नयाँ कार्यसमिति चयन गरेको हो। संस्थापक अधक्ष्य श्री कृष्ण श्रेष्ठ ‘धौबजी’ लाई लाई अधक्ष्यमा निरन्तरता दिदै उपाधक्ष्य  रोशन श्रेष्ठ.महिला उपाधक्ष्य  सृजना श्रेष्ठ सचिब अनिल श्रेष्ठ ,कोक्षाधक्ष्य  भुवन श्रेष्ठ प्रबक्ता अन्जान गुभाजु,रियाद […]

दिल्लीबाट सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर पक्राउ

सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर भारतबाट पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट पक्राउ परेका हुन् ।मेयर नेपाली सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका थिए ।उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । पक्राउ परेका नेपालीलाई नेपाल […]

यात्रुको टाउकोमा जुम्रा भेटिएपछि विमानको आपत्‌कालीन अवतरण

अमेरिकामा यात्रुको टाउकोमा जुम्रा भेटिएपछि विमानको आपतकालीन अवतरण गरिएको छ । लस एन्जलसबाट न्यूयोर्क जाँदै गरेको विमानमा एक यात्रुको कपालमा जुम्रा भेटिएपछि आकस्मिक अवतरण गरिएको हो। हवाई उडानमा आकस्मिक अवतरण विशेष समस्यामा मात्रै गरिन्छ तर अमेरिकामा जुम्राका कारण विमानलाई आपतकालीन अवतरण गराएको छ । ती व्यक्तिको टाउकोमा भएको जुम्रा उनको छेउमा बसेका यात्रुको टाउकोमा पनि […]

२८ जना को दुताबास मार्फत एक्जिट भिसा लाग्यो(नामावाली सहित)

Nepal embassy building,riyadh

नेपाली दुताबास,रियाद मार्फत थप २८ जना को एक्जिट भिसा प्राप्त भएको छ। नेपाली दुताबास ले एक्जित भिसा पाउनेहरुको नामावली सहित प्रक्रियाको बारेमा सुचना जारि गएको छ।दुताबास ले एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुने र यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु नपर्ने  जनाएको छ। बहिर्गमन भिसा समन्धमा दुताबास को सुचना, १. यस राजदूतावासबाट वहिर्गमन भिसा […]

जिजान मा पासपोर्ट नबिकरण क्याम्प संचालन हुदै,महाबाणिज्यदुताबास को सुचना

NA Media नेपाली महाबाणिज्यदुताबास जेद्धा ले जिजान मा पासपोर्ट नबिकरण क्याम्प सचालन गर्ने भएको छ क्याम्प २७ सेप्टेम्बर,शुक्रबार हुने छ। महाबाणिज्यदुताबस ले सुचना जारि गरि पासपोर्ट इनरोलमेन्ट फर्म भरेर सेवा लिन सकिने जनाएको छ। स्थान : जिजान लोकेसन : https://miniurl.pro/jizan0925 मिति : ११ असोज २०८१ शुक्रबार समय : विहान ८ बजेदेखि दिनको ४ बजेसम्म https://emrtds.nepalpassport.gov.np/ […]

बिदा, कफी र सेक्सलाई अभियानको रुपमा संचालन गर्दै रुस

NA Media देशको आर्थिक अवस्था उकास्न के गर्ने ? -विदाको समयको प्रशस्त सदुपयोग गर्ने, मज्जाले कफी पिउने र नियमित रुपमा सेक्स गर्ने । यत्ति कुरा सुनेपछि धेरैलाई लाग्ला-यो कुनै ‘भाइरलमोह’ बाट ग्रसित कुनै युटुवर वा कथित ‘इनफुल्न्सेर’ को सुझाव हो । तर, होइन यो त विश्वको सर्वाधिक शक्तिशाली देशहरु मध्येको एक रुस सरकारले आम नागरिकहरुलाई […]

दक्ष जनशक्ति बिदेशियाे, लोकसेवा आयोगले पटक पटक विज्ञापन खोल्दा पनि माग अनुसार आवेदन नपरेपछि दुई दर्जन सेवा अवरुद्ध हुने अवस्था

NA Media मुलुकमा एकातिर बेरोजगारीको संख्या बढ्दैछ र युवाहरु रोजगारीको खोजीमा बिदेश पलायन भइरहेका छन् । अर्काेतर्फ दक्ष जनशक्तिको चरम अभाव सृजना हुँदै गइरहेको छ । सरकारी कर्मचारी नियुक्तिको जिम्मेवारी पाएको लोक सेवा आयोगले पटक पटक नियुक्ति प्रयास गरे पनि आवेदन नै नपरेपछि इन्जिनियरिङ र स्वास्थ्य क्षेत्रका कतिपय सेवाहरु अवरुद्ध हुने अवस्था सृजना भएको छ […]

५७ हजार नेपाली भदौमा बैदेशिक रोजगारीमा गए,सबैभन्दा बढी युएईमा

NA Media साउदीमा १० हजार ८३ भदौ महिनामा काम खोज्दै बिदेसिने नेपालीको संख्या ५७ हजार पुगेको वैदेशिक रोजगार विभागले तथ्यांक सार्वजनिक गरेको छ। विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा ५७ हजार ४९३ नेपाली रोजगारका लागि बिदेसिएका हुन्। तथ्यांकअनुसार भदौमा पहिलो श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली बिदेसिएका छन् भने १७ हजार ९३६ जनाले पुनः […]

सम्बन्ध विच्छेदका लागि श्रीमतीको चरित्र हत्या, फोटो प्रिन्ट गरेर टोलभरि बाँडे चार्टर्ड एकाउन्टेन्टले

भरतपुरका एक व्यक्तिले श्रीमतीसँग पारपाचुके गर्न उनकाे चरित्र हत्या गर्ने प्रयास गरेका छन् । चितवनको भरतपुर २, आँपटारी घर भएका शिवहरि सिलवालले श्रीमती अष्ट्रेलियामा रहँदा साथीहरूसँग घुम्न जाँदा खिचेको फोटो प्रिन्ट गरेर बुकलेट बनाई टोल-छिमेकमा बाँडेका हुन् । चितवनमा स्थायी बसोबास र यहाँकै एक अस्पतालमा काम गर्ने भए पनि सिलवालले काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ मा […]