नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दै एक अर्ब ६० करोड

NA Media विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्ने भएको छ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगललमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत वाग्मती नदीबाट महाकाली […]
नारायणघाटमा रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने चार जना पक्राउ

NA Media राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने विरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले सहकारी पीडित चार जनालाई पक्राउ गरेको हो चितवन-२ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछाने शनिबार चितवनवासीसँग भेटघाट कार्यक्रमका लागि नारायणघाटस्थित नारायणी कला मन्दिरमा पुगेका थिए । त्यही कार्यक्रमका बीच सहकारीपीडितहरूले […]
एभरेस्ट महिला भलिबल लिगको उपाधि अपराजित हुँदै कर्णालीले जित्यो

NA Media एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यसभिएसले हात पारेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णाली यसभिएस ललितपुर क्विन्सलाई ३-२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । कर्णाली जारी लिगमा अपराजित हुँदै उपाधि हात पार्न सफल भएको हो । लगातार दुई सेट २५-१७ र […]
विश्वकै दोस्रो धनी बने मार्क जुकरबर्ग

NA Media मेटा (फेसबुक) का सीईओ मार्क जुकरबर्ग विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन्। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्स २०२४ अनुसार जुकरबर्गको कुल सम्पत्ति लगभग २०६.२ अर्ब अमेरिकी डलर पुगेको छ । ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सले विश्वकै धनी व्यक्तिलाई दैनिक रूपमा अपडेट गर्दै सूचीबद्ध गर्छ। २०२४ मा, जुकरबर्गले आफ्नो सम्पत्तिमा ७८ अर्ब डलरको वृद्धि देखे, जुन ब्लुमबर्गले ट्र्याक […]
भारत सन् २०२८ सम्ममा १० खर्ब डलरको डिजिटल अर्थतन्त्र हब बन्ने

NA Media भारत सन् २०२८ सम्ममा १० खर्ब अमेरिकी डलरको डिजिटल अर्थतन्त्र बन्ने तयारीमा रहेको बताएको छ । सरकारको डिजिटल पहलहरुसँगै भारतको वित्तीय परिवेश पछिल्ला केही वर्षहरूमा आमूल परिवर्तनबाट गुज्रेको छ ।आस्क क्यापिटलको हालैको प्रतिवेदनले गहिरो इन्टरनेट प्रवेश पहुँच, कुशल र सस्तो फोर जी र फाईभ जी सेवाहरू जस्ता सक्षमकर्ताहरूका साथै सरकारी डिजिटल पहलहरूसँगै भारत […]
४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

NA Media सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । बाढीपहिरो प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी छ, प्रभावित क्षेत्रमा विशेष योजनाका पुनःस्थापना […]
देशभरमा १४ हजारभन्दा बढी डेंगुका बिरामी, उपत्यकामा मात्रै २ हजार बढी

देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । केही दिन अघि पानी परेका कारणले डेङ्गु सङ्क्रमण बढेको उनले बताए । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण […]
लिङदेनको रणनीतिक ‘मुभ’ : धवलशम्शेर संगठन विभाग प्रमुखबाट हटाइए

NA Media राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको पदीय जिम्मेवारीमा महत्वपूर्ण हेरफेर गरेका छन् । महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाइएको छ । राणाले पार्टीभित्र ‘संस्थापनविराेधि धार’ को नेतृत्व गर्दै आएका छन् । उनी राप्रपाको भावी अध्यक्षका एक आकांक्षी पनि हुन् । पछिल्लो समय विभिन्न सवालहरुलाई लिएर पार्टी अध्यक्ष लिङ्देनसित उनको मतान्तर बढिरहेको छ […]
कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनल प्रवेश

NA Media कर्णाली यश्विज एभरेस्ट महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा बिहीवार भएको खेलमा चितवन शक्तिलाई ३-२ ले हराउँदै कर्णालीले एक खेल अगावै फाइनलमा यात्रा तय गरेको हो । पहिलो सेट २०-२५ ले ले चितवनलाई सुम्पिएको कर्णालीले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट पुनः २१-२५ […]
रविलाई चितवनका मतदाताले भने – गगन थापाविरुद्ध मानहानीको मुद्दा हाल्नुस्

NA Media चितवनका मतदाताहरुले कांग्रेस महामन्त्री गगन थापाविरुद्ध मानहानीको मुद्दा हाल्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् । चितवनको इच्चाकामना गाउँपालिकामा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरू सभापति लामिछानेलाई यस्तो आग्रह गरेका हुन् । सुनुवाइमा सहभागी चितवन मतदाताले संसद्मा खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मानहानीको मुद्दा हाल्न दिए […]