नेपाली चलचित्रको व्यापारमा बहार

NA Media ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले ५ दिनमा कति कमाए…. नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं नेपाली चलचित्रका लागि पनि उत्सवमय बनेको छ । दसैंमा लागेका नयाँ नेपाली चलचित्र हेर्न दर्शकहरु हलमा ओइरिएका छन् । दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका थिए । तीमध्ये […]

अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा,भारत बाहिरियो

NA Media आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।त्यस्तै पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५१ रन बनाएको थियो । यो जितसँगै […]

नेप्से २७०० नजिक,दसैँपछि खुलेको शेयर बजारमा हरियाली 

NA Media दसैँपछि खुलेको शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक आज मंगलबार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा बन्द भएको छ। बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ। आज उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै बढेको छ। आज वित्त समूह सर्वाधिक ४.६१ प्रतिशतले बढेको […]

दुई महिनामै भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स आप्रवाह,१५.२ प्रतिशतले वृद्धि

NA Media चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मा नेपालमा २ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको दुई महिनाको तथ्यांक अनुसार उक्त दुई महिनामा नेपालमा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।  गत आर्थिक बर्षको यहि अवधिको तुलनामा १५.२ […]

घट्दै ब्याजदर, ७.४९ प्रतिशत औसत आधार दर

NA Media २०८० भदौमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा ५.८८ प्रतिशत रहेकोमा २०८१ भदौमा ३.०० प्रतिशत रहेको छ। २०८१ भदौमा […]

पहिलो त्रैमास मा आन्तरिक ऋण को लक्ष्य पुरा,थेगिदै सरकार

NA Media सरकारले चालु आवको पहिलो त्रैमास अर्थात असोजमसान्तसम्म आन्तरिक ऋणको लक्ष्य पूरा गरेको छ । सरकारले यसअवधिमा लक्ष्य अनुसार नै १ खर्ब १५ अर्ब आन्तरिक ऋण उठाएको छ । सरकारले ट्रेजरी बिल्स र विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाएको हो । आन्तरिक ऋण संकलनका लागि सरकारले अल्पकालीन (एक वर्षभन्दा कम अवधिका), मध्यमकालीन (एकदेखि […]

लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना

NA Media संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिएका छन् । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय […]

सुम्निमा र पारुहाङ मूर्ति निर्माणका लागि युके भ्रमणमा धरानका मेयर हर्क साम्पाङ: नेपाली समुदायको उत्साह

NA Media • भुमीराज राई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आसन्न युके भ्रमणको चर्चा उत्साहित नेपाली र आयोजकहरूबीच व्यापक रूपमा फैलिएको छ। धरानलाई श्रमदानको माध्यमद्वारा विकास र सुधार गर्न कटिबद्ध मेयर साम्पाङले, चिन्डे डाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्दै, धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन ठूला कदम चालेका छन्। धरानका नागरिकहरूले उनलाई उपमहानगरपालिकाको मेयरमा जिताएदेखि, […]

नेपाली युवा प्रसिस मुडभरी साउदीमा बास्केटबल खेल मा प्रतिभा तिखार्दै,अन्तर्राष्ट्रिय खेलमा सहभागी

NA Media श्री कृष्ण श्रेष्ठ ‘धौबजी’ नेपाली युवा प्रसिस मुडभरी साउदी अरबमा बास्केटबल खेल मा अघि बढेका छन। भारतको आगरा मा आयोजना हुन गई रहेको U-19 CBSE Game अन्तर्गत बास्केटबल खेलमा साउदी बाट प्रतिनिधित्व गर्ने टिम मा मुख्य खेलाडीको रुपमा स्थान बनाउन सफल भए पछि उमेर ले भर्खरै १८ वसन्त टेकेका प्रसिस मुडभरीको प्रतिभा बाहिरिएको […]

प्रसिद्ध उद्योगपति रतन टाटाको ८७ बर्ष को उमेरमा निधन

NA Media प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् । उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । […]